DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

समातिए शंकास्पद कारोबारी पृथ्वीबहादुर शाह


  • पुष २३, २०७९
  • 211 Views
समातिए शंकास्पद कारोबारी पृथ्वीबहादुर शाह image

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको ‘संरक्षण’ पाएका अछामका व्यापारी पृथ्वीबहादुर शाह शुक्रबार पक्राउ परे। उनले करिब ६५ करोड रुपैयाँबराबरको अवैध कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोपमा पक्राउ गरेको बताएको छ।

शाहसँगै विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता सञ्जयसिंह थापाले जानकारी दिए। ‘प्रारम्भिक अनुसन्धानको क्रममा सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू सञ्चालन गरी आर्थिक कारोबार गरेको देखियो,’ सीआईबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,– साथै कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको, अमेरिकी नागरिकलाई विभिन्न बहाना देखाएर झुक्याई निजको खाताबाट अमेरिकी डलर ट्रान्सफर गरेको देखियो। साथै अन्य विदेशी नागरिकलाई समेत झुक्याई, विश्वासमा पारी बेइमानीपूर्वक वायरस्क्याम गरी स्विफ्टमार्फत कुल ६४ करोड ६५ लाख रुपैयाँ शंकास्पद रकम भित्र्याउने काम गरेको देखियो।’

जसअनुसार करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर अर्थात् ९६१ करोड ५२ लाख नेपाली रुपैयाँ० १२ हजार ८ सय २५ पाउन्ड स्टलिङ अर्थात् ९२० लाख ४३ हजार नेपाली रुपैयाँ० र ३ करोड २२ लाख नेपाली रुपैयाँ रकम प्राप्त गरी शाहले गैरकानुनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले ठगी गरेको सीआईबीले जनाएको छ। उक्त रकम पुस २२ गतेको विदेशी विनिमय दरअनुसार गणना गरिएको हो। उक्त प्राप्त रकम निजले सञ्चालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खाताहरूमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उद्देश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा ट्रान्सफर गरी ठगी गर्ने गरेको सीआईबीले जनाएको छ।

को हुन् शाह ?
अछामको वान्नीगढी गाउँपालिका–६ ९साबिक दर्ना गाविस– २० स्थायी घर भएका शाह व्यापारी हुन्। हाल काठमाडौं महानगरपालिका–७ चाबहिलमा बस्दै आएका ३५ वर्षीय शाहले गैरकानुनी तरिकाले विदेशबाट शंकास्पद रकम आर्जन गर्ने गरेको प्रहरीको भनाइ छ। शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित करिब ११ वटा कम्पनी स्थापना गरेका थिए। जस्मा वल्र्ड ट्राभल्स एन्ड इन्भेस्टमेन्ट, वल्र्ड फस्ट होलिडे, वल्र्डवाइड रेमिट, वल्र्ड एक्सपोर्ट एन्ड इम्पोर्ट, टाइम्स टुडे पिस होलिडे, फोर्टिन पिक रिजर्भ, पे यू सेन्टर, पे सेफ रेमिट, वालमार्ट, वल्र्ड फस्ट जब प्लेसमेन्ट र पृथ्वी मल्टिप्रपोज कोअपरेटिभ कम्पनी छन्। उनले उक्त कम्पनीको नाममा अमेरिकाबाट नेपालमा रकम भित्र्याउने गरेका थिए।

जस्को रकम छुटाउन तोक लगाइयो, गभर्नर नै निलम्बनमा समेत परे
‘शंकास्पद ४० करोड छुटाउन अर्थमन्त्रीकै तोक’ शीर्षकमा अन्नपूर्ण पोस्ट्को विशेष खोजसहितको कभर स्टोरी २०७९ वैशाख १ गते प्रकाशित गरेको थियो। आरोपी शाहको अमेरिकाबाट विभिन्न कम्पनीको नाममा आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन तत्कालीन अर्थमन्त्री स्वयंले तोक आदेश गरेका थिए। शाहले गत चैत ११ गते तत्कालीन अर्थमन्त्री शर्मालाई सोझै निवेदन दिएका थिए।

उनका ११ कम्पनीका नाममा आएको रकम छुटाउन उनले सादा कागजमा निवेदन लेखेका थिए। यसमा उनले २७ महिनादेखि खाताहरू रोक्का गर्दा ‘मानसिक तवरमा म तथा हामीलाई हतोत्साहित गरी व्यवसाय मातहतका कर्मचारी परिवार तथा व्यक्तिगत तवरले म स्वयम् मर्न पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको’ जिकिर गरेका थिए। अझ शाहले पत्रकार सम्मेलन गरेर जायज रूपमा रकम ल्याउन खोजेको दाबीसमेत गरेका थिए। तर उक्त शंकास्पद रकमलाई गभर्नर महाप्रसाद अधिकारीले रोक्का गरेका थिए। त्यही कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट भएका थिए। पछि, गभर्नरलाई निलम्बनसमेत गरियो। सर्वोच्चको आदेशबाट गभर्नर काममा फर्केका थिए।

शाहका विभिन्न कम्पनीका नाममा आएको रकम रोक्का गरी फिर्ता पठाउन वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिन्सेन०ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। त्यही आधारमा राष्ट्र बैंकले अनुुसन्धान गरेको थियो। किनभने फिनसेनले फिर्ता मागेको रकम भुक्तानी दिएको खण्डमा नेपाल मनी लन्ड्रिङसम्बन्धी कालोसूचीमा पर्ने खतरा हुन्थ्यो। यसबाट जोगाउन राष्ट्र बैंकले उचित निर्णय लिएको थियो। यसकारण उक्त कुरालाई आधार मानेर राष्ट्र बैंकले सीआईबीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र उक्त रकम रोक्का राख्न पत्राचार गरेको थियो।

कति छ शंकास्पद रकम ?
अमेरिकन डलर
४६,४६,७३७
पाउन्ड स्टर्लिङ
१२,८२५
नेपाली रुपैयाँ
३,२२,२८,६८०. ८

अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.