भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश


  • कार्तिक ३, २०८२
  • 455 Views
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश image

काठमाडौँ, ३ कार्तिक । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्का ‘शंकास्पद’ रूपमा विदेश पुगेका छन् । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धानमा तानिएका खड्का गत महिना नै सुटुक्क विदेश पुगेका हुन् ।

स्थलमार्गबाट भारतको बाटो हुँदै उनी अमेरिका पुगेको आशंका गरिएको छ । २३ भदौमा भएको जेन–जी आन्दोलनमा प्रहरीले दमन गरेको आक्रोशमा भोलिपल्ट प्रदर्शन भड्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए । प्रदर्शनकारीले खड्काको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका थिए ।

त्यस क्रममा उनको निवासमा नेपाली र विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । यसैलाई मुख्य आधार बनाएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ । जेन–जी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा नदेखिएका खड्का विदेश पुगिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले नै उल्लेख गरेका हुन् ।

नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले ‘तत्कालीन ऊर्जामन्त्री (दीपक खड्का) भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौं’ भनेका छन् । खड्का कुन देश गए भन्नेबारे उनले खुलाएका छैनन् ।अन्य सरकारी अधिकारीहरूले पनि यसबारे बताउन चाहेनन् । खड्काको यात्रा विवरण केलाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पछिल्लो पटक विदेश गएको कुनै पनि विवरण फेला पर्न सकेन ।

राहदानी विभागका अनुसार खड्कासँग मन्त्री र सांसदको हैसियतमा कूटनीतिक राहदानी छ । यो राहदानीबाट पछिल्लो पटक फेब्रुअरी २०२५ मा विमानस्थलबाट विदेश यात्रा गरेको देखिन्छ । खड्कासँग व्यक्तिगत राहदानी पनि छ । अमेरिकालगायत विभिन्न देशको भिसा भएको यो राहदानी मन्त्री र सांसद रहँदा पनि प्रयोग गरिएको देखिन्छ । व्यक्तिगत राहदानीबाट खड्का १३ अगस्ट २०२४ मा अमेरिकाबाट आएका थिए ।

गृह मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँ (खड्का) विमानस्थल प्रयोग गरेर अर्को देश गएको देखिँदैन, तर उहाँ अहिले विदेशमै भएको अनौपचारिक जानकारी आएको छ । यसको अर्थ स्थलमार्गबाट भारत हुँदै गएको हाम्रो पनि आशंका हो ।’ खड्का कुन रुटबाट विदेश गए भन्ने विषय खोजबिनका क्रममा रहेको ती अधिकारीले बताए ।

पूर्वमन्त्री खड्का मन्त्री र सांसद तथा व्यापारीका रूपमा रहँदा शंकास्पद कारोबार र गतिविधिमा संलग्न रहेको आरोप लागे पनि अनुसन्धानको दायरा बाहिरै थिए । ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायत विवादमा उनी तानिएका थिए ।

आफ्नो होटलमा लगेर संसदीय समितिको बैठक बसाली स्वार्थप्रेरित कानुन निर्माणमा चलखेल गराएको आरोप पनि खड्कामाथि छ । उनी आफैं पनि जलस्रोतसम्बद्ध व्यापारी हुन् । स्वार्थ बाझिने गरी खड्कालाई नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएकामा आलोचना भएको थियो । कान्तिपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.