DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘सम्पादक’हरूसँग प्रधानमन्त्रीले भने, अर्कोपटक आउँदा गुनासो शून्य हुनेछ


  • माघ १, २०७९
  • 230 Views
‘सम्पादक’हरूसँग प्रधानमन्त्रीले भने, अर्कोपटक आउँदा गुनासो शून्य हुनेछ image

काठमाडौं । ‘देशमा आमूल परिवर्तनकै लागि जनयुद्धमा होमिए“, जनयुद्धको उपलब्धीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै मुलुक बनाउने दायित्व फेरि मेरो काँधमा आएको छ,’ विगतमा कोल्टे पर्दैगर्दा अलि भावुक देखिएका प्रधानमन्त्री प्रचण्ड शनिबार भन्दै थिए, ‘देश बनाउने मेरो हुटहुटीमा सम्पादकहरूबाट सहयोग अपेक्षा गर्दछु ।’

करिब ढेडघण्टे छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहारमा विगतभन्दा जिम्मेवारीबोध बढी देखियो । उनी थप प्रतिबद्धता जनाउन थाले, ‘सर्भिस डेलिभरी राम्रो बनाउँछु, राइट म्यान इन राइट प्लेसअनुसार अघि बढ्छु, सिंहदरबारलाई कर्मशील थलो बनाएर सरकार सफल भएको अनुभूति दिलाउँछु ।’

तर, सम्पादक पंक्ति भने प्रधानमन्त्रीका ‘वाचा र प्रतिबद्धता’प्रति आशंकित थिए । विगतका प्रधानमन्त्रीले पनि सम्पादकहरूलाई बोलाएर ‘यस्तै वाचा’ गर्दैआएका छन् तर ती वाचा ‘कार्यान्वयन भए कि भएनन् रु’ त्यो जाहेरै छ । यही कारण पनि प्रधानमन्त्री प्रचण्डको ‘वाचा’ पत्याइहाल्न सकस प¥यो । सम्पादकहरूले पनि ‘गुण र दोषका आधारमा सरकारको समर्थन–विरोध गर्ने’ प्रस्ट पारे ।

‘प्रधानमन्त्रीज्यू, यी वाचा पूरा गर्दै जानूस्, हामी खोज्दै आउँछौं र तपाईंको बखान गाउँछौं,’ सम्पादक पंक्ति प्रचण्डलाई हौस्याउन थाले, ‘तपाईं जनताका समस्या समाधान गर्दै जानूस्, सेवाप्रवाह प्रभावकारी बनाउँदै अघि बढ्नूस्, बिचौलिया र माफियाको घेरा तोड्दै अघि बढ्नूस्, अनि त सफलता हासिल गर्न धेरै कुर्नैपरेन ।’

प्रधानमन्त्री प्रचण्ड पनि कम देखिएनन् । उनले थपिहाले, ‘यो सुरुवाती छलफल हो, यस्तो छलफल नियमित गर्नेछु, अर्कोपटक आउँदा तपाईंहरूले सरकारको सफलताको प्रशंसा गरेको पाइयोस् ।’ ‘हरेकजसो प्रधानमन्त्रीले सम्पादकहरूलाई बालुवाटारमा बोलाएर प्रतिबद्धता जनाउने गरेको’ स्मरण गराउँदै कतिपय सम्पादकले प्रधानमन्त्रीको यस्तो कार्यलाई ‘कर्मकाण्डी’ नबनाउन सुझाव दिए ।

सर्वदलीय बैठकमार्फत दिशानिर्देश खोजिने

– राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गरिने
– राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा कुनै लिखित सहमति नभएको प्रस्टोक्ति
– सात दलमा पनि छलफल गर्दै निकास निकाल्ने सहमति
– मन्त्रालय अनुगमनमा आफैं जाने
– मंगलबार पूरै मन्त्रीसहित क्याबिनेट बस्ने
– उद्घाटन कार्यक्रममा नजाने वाचा
– दिनमा एकपटक सिंहदरबार पुग्ने र सचिवसँग भेटघाट गर्ने
– आर्थिक अवस्था सुधारका लागि अहोरात्र खट्ने वाचा
– राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको वातावरण सुमधुर
– पेट्रोलियमको मूल्य घटाएर जनता केही आशा जाग्यो
– सेयरमार्केट स्थिर बनाउने कोसिस जारी
– ‘राइट म्यान इन राइट प्लेस’लाई ध्यान दिइने
– कर्मचारीको क्याटगोरी गरि“दै
– राजनीतिक नेतृत्वबाट प्रशासनमा हस्तक्षेप नहुने
– दैनिक सिंहदरबार पुग्नसके ठूलो अर्थ राख्ने
गत २६ पुसमा ‘बहुमतसहित विश्वासको मत पाएपछि आफूमा अझ बढी ऊर्जा थपिएको’ बताउ“दै प्रचण्डले ‘मनोबल उच्च बनेको’ सुनाए । ‘अब सबैलाई मिलाएर सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने दायित्व मेरो काँधमा आएको छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आफूमाथि ‘असाधारण जिम्मेवारी आइपरेको र यसलाई सफल बनाउन नसकिए मुलुक नै असफल हुने हो कि रु’ भन्ने चिन्ता पनि व्यक्त गरे । ‘संसद्मा २ सय ७५ मध्ये २ सय ६८ जनाको समर्थन प्राप्त भयो, यो आफैंमा असाधारण घटना थियो,’ उनले भने, ‘यो ठूलो जिम्मेवारी र चुनौती हो । यो अवसर हामी सबैको हो, यसकारण मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने मेरो विश्वास र आग्रह हो ।’

सबैसँग सन्तुलन गरेर अघि बढ्नुपर्ने अवस्थामा रहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘देशलाई सफल पार्ने, परिवर्तन संस्थागत गराउने, जनतालाई डेलिभरी दिने, जनमत सकारात्मक बनाउने कार्यमा सञ्चारमाध्यमको सशक्त भूमिका हुने र त्यसअनुसारको अपेक्षा गरेको’ उल्लेख गरे । प्रचण्डले राष्ट्रिय सञ्चारमाध्यमका सम्पादकसँग ‘देशमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारसँग हातेमालो गरेर अघि बढ्न’समेत आग्रह गरे । राजधानी दैनिकबाट……

 

 


Thali Mobile Pvt.Ltd.