भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारको नीति तथा कार्यक्रम आज आउँदै


  • जेष्ठ १०, २०७९
  • 712 Views
सरकारको नीति तथा कार्यक्रम आज आउँदै image

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार संसद्मा पेस हुने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक–सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय छन् । संघीय संसद् र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्नुपर्नेछ । त्यसैले सरकारले नीति तथा कार्यक्रम र बजेट निर्वाचनलाई समेत केन्द्रमा राखेर बनाउने तयारी गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । गत वर्ष ८ जेठमा मध्यराति प्रतिनिधिसभा विघटन गरिएपछि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउन सकेन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट नीति तथा कार्यक्रम’ वाचन गरेका थिए । नयाँ पत्रिका दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.