भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने


  • माघ २३, २०७९
  • 274 Views
सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने image

काठमाडौं । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोहीअनुसार नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १ सय ८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जनाइएको छ ।

त्यस्तै, राष्ट्रबैंकले सोमबार नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड र ३ सय ६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको राष्ट्रबैंक स्रोतले जनाएको छ ।

ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी चार किसिमका हुन्छन् । राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.