भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा


  • फाल्गुन १४, २०७७
  • 764 Views
सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा image

काठमाण्डाैं । १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ । ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो । यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा विवादित बन्न थालेपछि यसपटक मन्त्रिपरिषद्बाटै सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयमातहतकै राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री कार्यालय लगिएको छ । मैनाली आन्तरिक राजस्व विभागमा जान चाहन्थे, तर सरकारले यसअघि नै सहसचिव झक्कप्रसाद आचार्यलाई पठाइसकेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्की गृह मन्त्रालय र गृहका रमेश सिवाकोटीको अख्तियारमा सरुवा भएको छ । लगानी बोर्डका धर्मेन्द्रकुमार मिश्र मधेसी आयोग र प्रदेश २ मा रहेका भुपाल बराल लगानी बोर्डमा आएका छन् ।

कर्णाली प्रदेशमा रहेका घनश्याम उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएको छ । रक्षा मन्त्रालयका रामप्रसाद आचार्य प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री कार्यालयका आनन्द काफ्ले अर्थ मन्त्रालय, अख्तियारका प्रकाश पौडेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृहका रमेश न्यौपानेको खानेपानी मन्त्रालय र खानेपानीका रितेशकुमार शाक्यको अख्तियारमा सरुवा भएको छ ।

त्यस्तै, संघीय मामिलाका ऋषि तिवारी भूमि व्यवस्था, गृह मन्त्रालयका पुण्यविक्रम पौडेल कर्णाली प्रदेश, गृहकै अर्जुनकुमार शर्मा अख्तियार, उमेश बस्नेत विराटनगर महानगरपालिका, हीरालाल रेग्मी कर्णाली प्रदेश र कर्णाली प्रदेशका शोभाकान्त पौडेलको सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

टोकराज पाण्डे रक्षा मन्त्रालय पुगेका छन् भने रघुराम विष्टको सुदूरपश्चिम प्रदेशको अन्तरमन्त्रालयमा सरुवा भएको छ । भुवनहरि अर्यालको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नमराज घिमिरे भौतिक मन्त्रालय, इन्द्रमणि पोखरेल ऊर्जा मन्त्रालय, शिवादेवी दाहाल प्रधानमन्त्री कार्यालय, डा. हरि लम्साल शिक्षा मन्त्रालय तथा शिवलाल तिवारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.