भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकारी कर्मचारीको एक दिनमै ८ छाक खाना !


  • माघ ७, २०७७
  • 663 Views
सरकारी कर्मचारीको एक दिनमै ८ छाक खाना ! image

दोलखा : सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला ! बढीमा ३ पटक। दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँदा रहेछन् !
जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिई जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो। ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने। कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन्। उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन्। र, १० छाक खाना खाएको देखाएकी थिइन्। त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रमुख पौडेलले बताए। उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन्।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिकाअन्तर्गतका योजनाको अनुगमन गरेका थिए। उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए। १० छाक खाना खाएको बिल बनाए। त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन्। आलेप प्रतिवेदनले त्यसलाई अनियमित भनेको छ। रविन जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका छोरा हुन्। उनी सांसद पशुपति चौलागाईंको क्षेत्रका पूर्वाधार विकास साझेदारी कार्यक्रमका प्रतिनिधि हुन्। उनैले २०७७ असार ४ र ५ गते बिगु गाउँपालिकाअन्तर्गतका योजना अनुगमन गरेका थिए।

त्यसमा पनि उही घटना भयो। दुई दिनमा चार कोठा र १० छाक खाना। त्यसको ७ हजार ३ सय भुक्तानी। प्रतिवेदनले यसलाई पनि अनियमित भनेको छ।

अन्नपूर्णपाेष्टबाट…

 


Thali Mobile Pvt.Ltd.