भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै


  • भाद्र १६, २०७७
  • 443 Views
सरकार रोक्दै, डा. केसी बिरामी जाँच्दै image

काठमाडौं । भदौ १० गते प्रहरीको उच्च निगरानीका साथ एक साता सत्याग्रह स्थगित गरेका डा. गोविन्द केसी ११ गते विशेषज्ञ स्वास्थ्य सेवा दिन भन्दै गुठिचौर गाउँपालिकाको स्वास्थ्यचौकीमा पुगे ।

झोलामा औषधि उपचारका सामग्री लिएर साढे १० बजे स्वास्थ्यचौकी पुगेका थिए । स्वास्थ्यकर्मी र डा. गोविन्द केसीबीच सञ्चो बिसञ्चोको आदान प्रदान भयो । नामी डाक्टरको उपस्थितिले स्थानीय निकै उत्साहित थिए । एकजना औंलामा चोट लागेकी महिलाको उपचार गर्न डा. गोविन्द केसी जब तयार भए तब स्वास्थ्यचौकी इन्चार्जले सुनाए, ‘डाक्टरसाब डा.केसी आउँदैछन्, काम गर्न नदिनु भन्ने आदेश छ ।

हामी अन्यौलमा पर्यौं ।’ त्यसपछि एक घण्टा पनि नबसेर सदरमुकाम खलंगातिर फर्किए । स्वास्थ्यचौकीमा रहँदासम्म डा.केसीले कोरानाबाट बच्न अनिवार्य मास्क लगाउन, साबुनपानीले हात धुन र सामाजिक दूरी कायम गर्न सुझाइरहेका थिए । डा. गोविन्द केसी भन्छन्, ‘त्यो दिन जिन्दगीकै पहिलोपटक निरास भए । तर जनताको स्वास्थ्य सेवा गर्नको लागि हिम्मत हारेको छैन् ।’

होटलबाट सुरक्षाकर्मीको उच्च निरानीका साथ उनी गाउँमा गएका थिए । गोलघरमा बिरामी टन्न थिए । मास्कको प्रयोग भएको थिए। दूरी कायमको त कुरै छाडौँ, स्वास्थ्यकर्मीले समेत जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको कुनै पालना गरेका थिएनन् । नजिकैको सुरक्षाकर्मीले पनि कुनै मापदण्डको पालना गरेका थिएनन्,’ डा. गोविन्द केसीले भने, ‘मापदण्डको कार्यन्वयन गर्ने तपाईंहरू नै लापरबाही गर्नुहुन्छ ?

कसरी कोरोना संक्रमण हट्छ।’ जुम्लाको एक गाउँपालिकामा काम गर्न नदिएर निरास मनकासाथ खलंगा फर्किएका डा. केसीको मन जनताको सेवा गर्नबाट पछि हटेन । उनी अर्को दिन पातारासी गाउँपालिकाको उर्थुको स्वास्थ्यचौकीमा तीन दिन बसेर विशेषज्ञ सेवा दिए। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.