भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सहकारी नै दूधको बजार


  • फाल्गुन २, २०७७
  • 791 Views
सहकारी नै दूधको बजार image

काठमाडौं । सहकारी संस्थामार्फत देशभर झन्डै आठ लाख लिटर दूधको बजारीकरण भइरहेको छ। दूधको कुल बजारीकरण हिस्सामध्ये आधा स्थान सहकारी संस्थाले ओगटेको छ। देशभर दैनिक १५ लाख लिटर दूधको माग भए पनि हालसम्म दैनिक १२ लाख लिटर दूधको उत्पादन र कारोबार भइरहेको छ। दूधमा नेपाल अझै परनिर्भर छ। तीन लाख लिटर दूध अपुग रहेको सरकारी आँकडा छ। बचत तथा ऋण सहकारीमै रमाइरहेका सहकारी संस्था पछिल्लो समय कृषि उपजमा पनि सक्रिय बनेपछि दैनिक कुल कारोबार हुने दूधको आधी बजार क्षेत्र सहकारीले ओगट्न सफल भएको हो।

दुग्ध उत्पादक केन्द्रीय सहकारी संघका अनुसार देशभर १ हजार ६ सय ५२ वटा दुग्ध सहकारीमध्ये १ हजार २ सयले नियमित रूपमा दूध उत्पादन र बजारीकरण गर्दै आएको छ। अध्यक्ष नारायण देवकोटाका अनुसार सहकारीमार्फत दैनिक आठ लाख लिटर दूध उत्पादन हुने गरे पनि पछिल्लो समय कोभिड—१९ का कारण गत वर्ष सहकारीमार्फत सात लाख लिटर मात्रै उत्पादन भएको छ। उत्पादन र बजारीकरणमा सहकारीले आधाभन्दा बढी हिस्सा ओगट्न सफल भएको अध्यक्ष देवकोटाले बताए। सहकारीले सानादेखि ठूला प्रशोधन केन्द्र सञ्चालन गरेका छन्। अध्यक्ष देवकोटाका अनुसार दैनिक १० हजार लिटर दूध बिक्री गर्ने २० भन्दा बढी सहकारी संस्था छन्। सहकारीले दैनिक ५० लिटरदेखि १० हजार लिटरसम्म दूध बिक्री गर्छन्। सहकारीले दुग्ध परिकार दूध, दही, पनिर, घिउ, बटर बनाएर बिक्री गर्छन्। काभ्रे, चितवन, इलाम, रूपन्देही, नवलपरासी र मकवानपुर जिल्लामा सबैभन्दा बढी दूध उत्पादन र बजारीकरण हुने संघले जनाएको छ।

उत्पादन क्षेत्रमा लगानी बढाउन सरकारले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ मा विशिष्टीकृत मोडेलको अवधारणा ल्याएको छ। १५ करोड लगानीमा सहकारीमार्फत उद्योग स्थापना गर्न सकिने उल्लेख छ। ऐनको प्रावधानअनुसार प्रदेश १ र लुम्बिनी प्रदेशमा दूध उत्पादन र प्रशोधन गर्ने उद्देश्यले विशिष्टीकृत सहकारी संघमार्फत पाउडर दूध उत्पादन गर्ने तयारी सुरु भएको छ। उनका अनुसार पछिल्लो समय प्रदेश १ का सहकारी दूध उत्पादनमा अब्बल बन्दै गएका छन्। प्रदेश १ को झापा, मोरङ, इलाम र सुनसरीका सहकारी दूध उत्पादनमा क्रियाशील छन्। इलाम दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना २ सय ५ जना किसान सदस्य दैनिक एक हजार लिटर दूध उत्पादन हुने गरेको अध्यक्ष परशुराम सापकोटाले बताए। सदस्यले संस्थालाई वार्षिक २ सय ५० लिटर दूध अनिवार्य बिक्री गर्नुपर्छ। धेरैजसो सदस्यले पाँच वटाभन्दा बढी जर्सी गाई होलस्टेन गाई परेका छन्। संस्थाले मिठाई, बम्बईसन, कुरौनी (खुवा) पनिर उत्पादन गरी बिक्री गर्छ। संस्थाको प्रशोधन केन्द्र पनि छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले झापाको बिर्तामोडमा सञ्चालन गरेको डेरी उद्योगले छलाङ मार्दै गएको छ। भारतको अमूलको झल्को दिने गरी एनएमसीले दूधका विभिन्न परिकार बनाएर बिक्री गर्छ। संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले एनएमसीले दूध, पनिर, घिउ, दही, मही, नौनीघिउ, आइसक्रिम, मिठाईलगायत दूग्धजन्य उत्पादन गर्ने गरेको बताए। डेरीले दैनिक १२ हजार लिटर दूध खरिद गर्छ। संस्थाले छिट्टै दैनिक १५ हजार लिटर संकलन गर्ने योजना बनाएको उनको भनाइ छ।

समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.