DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

साढे दुई महिनामा २७ हजार विद्यार्थीले लिए एनओसी ः वैदेशिक अध्ययनमा एक महिनामै बाहिरियो झन्डै ११ अर्ब


  • आश्विन २५, २०८०
  • 382 Views
साढे दुई महिनामा २७ हजार विद्यार्थीले लिए एनओसी ः वैदेशिक अध्ययनमा एक महिनामै बाहिरियो झन्डै ११ अर्ब image

काठमाडौं । ०७९र८० मा ३४ हजारले लिए अस्ट्रेलिया जान एनओसी ०७९र८० मा ७० देशका लागि विद्यार्थीले एनओसी लिएका छन् । जसमध्ये सबैभन्दा धेरै ३३ हजार नौ सय ९१ ले अस्ट्रेलिया, २१ हजार पाँच सय ७४ ले क्यानडा, १० हजार पाँच सय २७ ले बेलायत र तीन हजार नौ सय ७० विद्यार्थीले अमेरिका जान एनओसी लिएका थिए । यस आर्थिक वर्ष एक लाख १० हजार दुई सय १७ विद्यार्थीले एनओसी लिएका थिए ।

एनओसी कार्यालयको तथ्यांकअनुसार ०७९र८० मा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन विषय अध्ययनका लागि विदेश गएका छन् । यो संख्या २९ हजार सात सय ३४ छ । विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि एनओसी लिनेको संख्या चार हजार दुई सय ३८ छ । जापानिज भाषा अध्ययनका लागि २१ हजार एक सय ३१ जनाले एनओसी लिएका छन् ।

०७९र८० मा वैदेशिक अध्ययनमा बाहिरियो एक खर्ब ४२ करोड
वैदेशिक अध्ययनमा जाने विद्यार्थीसँगै ठूलो रकम पनि बिदेसिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ०७९र८० मा मात्रै यसरी एक खर्ब ४२ करोड रुपैयाँ बिदेसिएको छ । त्यसअघि ०७८र०७९ मा ६७ अर्ब ७० करोड रकम विदेश पढ्न जानेहरूबाट बाहिरिएको थियो । चालू आर्थिक वर्षको साउनमा मात्रै १० अर्ब ७५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।मजदुरीका लागि मात्रै होइन, शिक्षाका लागि देश छाडेर बिदेसिनेहरूको पनि लर्को छ । चालू आर्थिक वर्ष ०८०र८१ को अढाई महिनामै २७ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० लिएका छन् । अध्ययनका लागि गत साउनमा मात्रै झन्डै ११ अर्ब बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकअनुसार चालू आवको साउनमा १० हजार, भदौमा १२ हजार र १४ असोजसम्म पाँच हजार विद्यार्थीले एनओसी लिएका छन् । यो संख्या गत आव ०७९र८० मा एक लाख १० हजार दुई सय १७ र आव ०७८र७९ मा एक लाख १७ हजार थियो । पछिल्लो समय अध्ययनका लागि जापान जाने विद्यार्थीको संख्या बढी भएकाले एनओसी लिनेहरूको संख्या पनि उल्लेखनीय देखिएको एनओसी कार्यालयकी प्रमुख देवका दाहालले बताइन् । ‘पछिल्लो समय जापान जानेहरूको संख्या बढेको देखिन्छ,’ अन्य महिनाहरूमा भन्दा साउन र भदौमा एनओसी लिनेको संख्या धेरै छ,’ उनले भनिन्, ‘दैनिक ५–६ सयले एनओसी लिने गरेका छन् ।’

कोभिड महामारीले विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थी ‘होल्ड’ भएर बसेका कारण अघिल्ला दुई वर्ष एनओसी लिनेको संख्या उच्च रह्यो । कोभिडका कारण ०७७र७८ मा २७ हजार नौ सय र ०७६र७७ मा ३४ हजार ९६ विद्यार्थीले मात्रै एनओसी लिएका थिए । त्यसअघि ०७५र७६ मा यो संख्या ६३ हजार दुई सय ९५ थियो । आव ०७९र८० मा विदेश जाने विद्यार्थीबाट २५ करोड १२ लाख १० हजार राजस्व संकलन भएको छ  । एनओसी लिन प्रतिव्यक्ति दुई हजार शुल्क तिर्नुपर्छ  ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार नेपालमा विद्यार्थी नटिक्नुको कारण शिक्षालाई रोजगारसँग जोड्न नसक्नु हो । नेपालमै पढेर विदेशमा राजेगारीका लागि जानुभन्दा विदेशमै पढेर उतै रोजगार हुने मनसायले पछिल्लो समय कक्षा ११ र १२ को पढाइ सकिएपछि नै विदेश जाने विद्यार्थीको संख्या बढेको उनले बताए । ‘हाम्रोमा शिक्षालाई आत्मनिर्भरता, सीप तथा रोजगारसँग जोड्न सकिएन । यहाँका केही निजी स्कुलहरूले पनि विदेशमै पढाउने ढाँचामा विद्यार्थी पढाइरहेका छन्,’ कोइरालाले भने, ‘नेपालमा भविष्यको अन्योल र पढेपछि पनि रोजगार नभइने डरमा बिदेसिनेको संख्या ठूलो छ ।’

उनका अनुसार सरकारले शिक्षालाई सीप तथा रोजगारसँग जोड्ने हो भने बिदेसिनेको संख्यामा कमी आउन सक्छ वा विदेशमा गएकालाई पनि फर्काउन सकिन्छ । तर, शिक्षामा सरकारको यथास्थितिवादी सोच रहने हो भने बिदेसिनेको संख्या उच्च हुँदै जाने उनको भनाइ छ ।

त्रिविमा बढ्दै छन् विद्यार्थी
एनओसी लिएर अध्ययनका लागि बाहिरिनेको संख्या बढे पनि त्रिभुवन विश्वविद्यालयमा भने विद्यार्थी संख्या बढ्दो देखिन्छ । विगत पाँच वर्षयताको तथ्यांक हेर्दा स्नातक तह र स्नातकोत्तर तहका सबैजसो संकायमा विद्यार्थी संख्या बढिरहेको देखिन्छ । हाल त्रिविअन्तर्गतका आंगिक तथा निजी क्याम्पसहरूमा पाँच लाख ३७ हजार आठ सय ६९ विद्यार्थी स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत छन् । यो संख्या प्राविधिकसहित सबै संकायमा अध्ययन गर्ने पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष र चौथो वर्षका विद्यार्थीको हो । हाल त्रिविमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा दुई लाख ४७ हजार २५ छन् ।

त्यस्तै, शिक्षाशास्त्रमा ९९ हजार आठ सय सात, मानविकी तथा सामाजिक शास्त्र संकायमा ८१ हजार तीन सय नौ, चिकित्साशास्त्रतर्फ दश हजार ४९, इन्जिनियरिङमा २९ हजार ७२, कृषि र पशुविज्ञानमा दुई हजार पाँच सय ९६, वन विज्ञानमा दुई हजार तीन सय ९१, विज्ञान तथा प्रविधिमा ३९ हजार पाँच सय चार र कानुन संकायमा २६ हजार एक सय १६ जना विद्यार्थी अध्ययनरत छन् । त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालका अनुसार केही प्राविधिक विषय र क्याम्पसहरूको संख्या थपिएकाले पनि विद्यार्थी संख्या बढेको हो । ‘पछिल्ला वर्षहरूमा प्राविधिकसहित केही विषयको पढाइ पनि थपिएकाले विद्यार्थी संख्या पनि बढेको हो,’ उनले भने ।

कुन वर्ष कति विद्यार्थी ?
त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार ०७४र७५ मा त्रिविअन्तर्गतका आंगिक र निजी क्याम्पसमा जम्मा विद्यार्थी संख्या तीन लाख ६७ हजार चार सय २७ थियो । ०७५र७६ मा यो संख्या तीन लाख ९२ हजार चार सय र ०७६र७७ मा चार लाख १५ हजार चार सय ८२ पुग्यो । त्यस्तै, ०७७र७८ मा चार लाख १५ हजार सात सय ७७ र ०७८र७९ मा पाँच लाख ३७ हजार आठ सय ६९ जना विद्यार्थी रहेका छन् । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.