भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सार्कमा कोरोना स् नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून


  • आश्विन ३०, २०७७
  • 402 Views
सार्कमा कोरोना स् नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून image

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव ०५ प्रतिशतको मृत्यु भएको छ । वल्र्डमिटरका अनुसार भारतमा एक दशमलव पाँच प्रतिशत, बंगलादेशमा एक दशमललव ४५८ प्रतिशतको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये शून्य दशमलव ५७ प्रतिशतको मृत्यु भएको छ ।

यस्तै, माल्दिभ्समा संक्रमितमध्ये शून्य दशमलव ३१६ प्रतिशतको मृत्यु भएको छ । भुटानमा कोरोनाबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । तथ्यांकअनुसार भारतमा ७३ लाख ९ हजार १ सय ६४, पाकिस्तानमा ३ लाख २१ हजार २ सय १८, अफगानस्तानमा ४० हजार २६, श्रीलंकामा ५ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, माल्दिभ्समा ११ हजार ६२, भुटानमा ३ सय १६, बंगलादेशमा ३ लाख ८४ हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । यस्तै संक्रणमणमुक्त हुने दरमा नेपाल निकै पछाडि रहेको छ । सबैभन्दा धेरै पाकिस्तानमा ९५ दशमलव ०७ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, भुटानमा ९३ दशमलव ०३ प्रतिशत, माल्दिभ्समा ८९ दशमलव ३१ प्रतिशत, भारतमा ८७ दशमलव ३३ प्रतिशत, नेपालमा शून्य दशमलव ५७ प्रतिशत र श्रीलंकामा ६४ दशमलव ७६ प्रतिशत कोरोनामुक्त भएका छन् ।

लोकसेवा सूचना प्रविधि परीक्षा स्थगित

नेपालमा बिहीबार ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ । बिहीबार ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।

बिहीबार देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । शुक्रबार थप १९ जना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा संक्रमितको मृत्यु संख्या ६ सय ९४ पुगेको छ । काठमाडौं उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६ सय ९२, ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३४ जनालाई कोरोना संक्रमण देखिएको छ । राजधानी देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.