भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सार्वजनिक यातायातमा जोर–बिजोर हट्यो : ट्याक्सी र निजी सवारीसाधनमा कायमै


  • माघ १५, २०७८
  • 436 Views
सार्वजनिक यातायातमा जोर–बिजोर हट्यो : ट्याक्सी र निजी सवारीसाधनमा कायमै image

काठमाडौं । उपत्यकामा एक सातादेखि यातायातमा लागू जोर–बिजोर प्रणाली संशोधनसहित खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाएको छ । यससँगै अब बस, माइक्रोबस र टेम्पो निर्वाध रूपमा चल्न पाउनेछन् ।

‘सार्वजनिक यातायातमा जोर–बिजोर कायम गरेर भिड नियन्त्रण हुँदैन भन्ने सुझाव आयो । त्यससँगै उपत्यकामा केही दिनयता कोरोनाको संक्रमणदर घट्न थालेकाले सार्वजनिक यातायातमा जोर–बिजोर हटाएका हौँ,’ ललितपुरका सिडिओ घनश्याम उपाध्यायले भने, ‘तर, ट्याक्सीसहित निजी सवारीसाधनमा भने जोर–बिजोर कायमै रहन्छ ।’ कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर–बिजोर कायम गरिएको थियो । संक्रमणदर घट्दै गए प्रतिबन्धात्मक आदेश पनि खुकुलो हुँदै जाने सिडिओ उपाध्यायले बताए । ‘संक्रमण बढ्यो भने त फेरि प्रतिबन्ध कडिकडाउका साथ लागू गर्नुपर्ने हुन्छ,’ उनले भने ।

विद्यालय, कलेज र ट्युसन सेन्टर माघ मसान्तसम्म बन्द
पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान ९ट्युसनसेन्टरसहित०मा भौतिक पठनपाठन तत्काल नहुने भएको छ । यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसिसी०को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।

निजी विद्यालयका सञ्चालकहरूले माघ अन्तिम साताबाट विद्यालय खोल्न दिनुपर्ने माग गरेका थिए । तर, सरकारले विद्यार्थीलाई खोप लगाउन तोकिएको दिनबाहेक विद्यालय, शैक्षिक प्रतिष्ठान खोल्न नपाइने भनेको छ । जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ । सिसिएमसिसीको बैठकमा स्कुल÷कलेजका परीक्षा पनि भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने विषयमा एकमत भएको थियो । तर, सरकारले तत्काल निर्णय गरिसकेको छैन । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.