भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिमी वायुको प्रभाव जारी, कोशीदेखि गण्डकीसम्म वर्षाको सम्भावना | कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सिंहदरबारको नयाँ गुरुयोजना तयार स् सबै मन्त्रालय र डेढ दर्जन प्रमुख निकाय भित्रै राखिने


  • माघ २२, २०७९
  • 284 Views
सिंहदरबारको नयाँ गुरुयोजना तयार स् सबै मन्त्रालय र डेढ दर्जन प्रमुख निकाय भित्रै राखिने image

काठमाडाैं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटै मन्त्रालय र सर्वोच्च अदालत, संसद्, सेनाको चण्डी दल गणलगायत डेढ दर्जन प्रमुख निकाय रहने गरी नयाँ गुरुयोजना तयार भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको गुरुयोजना मन्त्रिपरिषद्ले पारित गरेपछि सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक उपसमितिले लागत यकिन गरेर नयाँ भौतिक संरचना निर्माणको थालनी हुनेछ ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर छ, यो मन्त्रालयलाई संसद् सचिवालयले उपयोग गरिरहेको भवनमा सार्न प्रस्ताव गरिएको छ । त्यस्तै, संसद् सचिवालयकै अर्को भवनमा खानेपानी मन्त्रालय सार्न सिफारिस गरिएको छ । हाल खानेपानी र भौतिक पूर्वाधार मन्त्रालय एउटै भवनमा छन् । सिंहदरबारभित्र रहेका आधा दर्जन कार्यालय भने अन्यत्र सारिनेछन् ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर सुरेन्द्रप्रसाद साहका अनुसार गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि लागत अनुमान गरिनेछ । ‘सिंहदरबारभित्र कुन–कुन संरचना रहने भनेर निक्र्योल गरेका छौँ, तर मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ,’ उनले भने, ‘त्यसपछि नयाँ भवन र संरचना निर्माणका लागि लाग्ने लागत र डिजाइन तयार हुनेछ ।’

सिंहदरबारको गुरुयोजना बनाउन डेढ वर्षअघि नै मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा रहेको सिंहदरबार केन्द्रीय सचिवालय व्यवस्थापन निर्देशक समितिले काम थालेको थियो । सिंहदरबारको पहिलो गुरुयोजना ०३७ मा बनेको थियो भने ०४१ मा संशोधन भएकामा सरकारले डेढ वर्षअघि नयाँ गुरुयोजना बनाउने निर्णय गरेको थियो ।

भरिँदै सिंहदरबार, पाँच मन्त्रालयका नयाँ भवन बन्ने
सरकारले सिंहदरबारलाई व्यवस्थित बनाउन गुरुयोजना बनाएको छ । तर, सिंहदरबार दिनप्रतिदिन भरिँदै गएको छ । प्रधानमन्त्री कार्यालयसहित १२ मन्त्रालय, विभिन्न डेढ दर्जन निकाय त्यहाँ रहेका छन् । संसद् भवन सर्वोच्च अदालत, सेनाको चन्डी दल पनि त्यहाँ बनिरहेका छन् । त्यसबाहेक अब सिंहदरबारभित्र थप पाँचवटा मन्त्रालयका भवन बन्नेछन् । वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको नयाँ भवन बनाउन प्रस्ताव गरिएको छ ।

हाल वन र भूमि मन्त्रालय एउटै भवनमा छन् । सहरी र युवा मन्त्रालयको भवन पुरानो भएकाले नयाँ बनाउन लागिएको हो । गृह मन्त्रालयको थप एउटा भवन बन्ने भएको छ भने परराष्ट्र मन्त्रालयको एनएक्स भवनको डिजाइनको काम भइरहेको छ । यसबाहेक सिंहदरबार क्षेत्रभित्र हाल संसद्, सर्वोच्च अदालत र चण्डी दल गणको भवन निर्माणाधीन अवस्थामा छन् । अब बन्ने नयाँ भवनको बाहिरी स्वरूप सिंहदरबारको मौलिकता र स्वरूपसँग मिलाइनेछ ।

सिंहदरबारभित्रै हेलिप्याड, पार्किङको छुट्टै ब्लग
राज्यका तीनवटै निकाय एउटै क्षेत्रमा रहने सिंहदरबारमा हेलिप्याडको प्रस्ताव गरिएको हो । संसद् सचिवालयको पुरानो भवनछेउको पार्किङ क्षेत्रमा हेलिप्याडको प्रस्ताव गरिएको हो । कानुन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय जाने सडकलाई छोटो बनाएर र पूर्वी गेटबाट पश्चिम गेट जाने सडकलाई व्यवस्थित बनाउने योजना छ । सिंहदरबारलाई कसरी व्यवस्थित गर्ने भनेर विषयगत कार्यालयका लागि काम विभाजन हुनेछ । हाल सहरी विकास मन्त्रालय रहेको क्षेत्रलाई पार्किङ ब्लग छुट्याइने भएको छ । त्यहाँ भूमिगत पार्किङ बनाइनेछ ।

दुईवटा करिडोर स् बिजुली, टेलिफोन, इन्टरनेटका तार भूमिगत
सिंहदरबारपरिसरको क्षेत्रफल आठ सय ८१ रोपनी छ । संघीय संसद्, सर्वोच्च अदालत, चण्डी दल गणलाई दिएको जग्गाबाहेक ५२५।८ रोपनी छ । हाल सिंहदरबारको कुल क्षेत्रको ३३ प्रतिशत भवनसहित कुनै न कुनै भौतिक संरचनाले ओगटेको छ । तर, अब आधा दर्जन कार्यालय र अस्थायी प्रकृतिका टहरा हटाएर २७.७४ प्रतिशत खुला क्षेत्र कायम गरिने भएको छ ।

जसलाई हरित क्षेत्रको रूपमा विकास गरिने भएको छ । खुला क्षेत्रमा फुटपाथ, बगैँचा, वाटर फाउन्टेनलगायत रहनेछन् । बगैँचा विस्तार गर्ने योजना छ । त्यस्तै, दुई युटिलिटी करिडोर बनाइने भएको छ । एउटा करिडोरमा ढल, खानेपानीसहितको पाइप भूमिगत हुनेछ भने अर्कोमा इन्टरनेट, केवल, विद्युत्को तार हुनेछ । पानी बोरिङ एवं प्रशोधन केन्द्र पनि बनाउने योजना छ । सार्वजनिक शौचालय पनि रहनेछ । मन्त्रालय, अदालत, सेना र संसद्ले ओगट्ने क्षेत्र छुट्याइएको छ ।

सिंहदरबार छिर्ने तीनवटै मूलढोकामा स्क्यानिङ, पर्खाल पारदर्शी
सिंहदरबारका तीनवटै मूलढोकालाई अत्याधुनिक बनाइने भएको छ । पूर्व, पश्चिम र दक्षिण गेटलाई स्तरोन्नति गरेर सुरक्षा–जाँच प्रविधिमैत्री बनाउने सरकारको योजना छ । गुरुयोजनाअनुसार सबै ढोकामा मोटर गाडी एक्सरे ९भेइकल स्क्यानर०, वाक थ्रु डोर र मेटल डिटेक्टर राखिनेछ ।

सिंहदरबारभित्र के–के रहन्छन् रु स् प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय । संसद् । सर्वोच्च अदालत । सेनाको चण्डी दल गण । गृह मन्त्रालयको आपत्कालीन कार्यसञ्चालन केन्द्र । के ३ स्टेसन (विद्युत् स्टेसन) । राष्ट्रिय सूचना प्रविधि केन्द्र । राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभाग । ग्यालरी बैठक । राष्ट्रिय अनुसन्धान विभाग ।

राष्ट्रिय अभिलेखालय । पुरातत्व विभाग । संयुक्त निगरानी केन्द्र र पार्किङ ब्लग । राष्ट्रिय योजना आयोग । इन्ट्रिग्रेट सर्भिस सेन्टर । रेडियो नेपाल । नेपाल टेलिभिजन । केयुकेएल पानी बोरिङ र प्रशोधन केन्द्र । महानगरीय प्रहरी सिंहदरबार बटालियन । राष्ट्रिय सुरक्षा परिषद् । शिशु स्याहार केन्द्र । सार्वजनिक शौचालय र तीन अत्याधुनिक गेट (पूर्वी, पश्चिम र दक्षिण) ।

यी मन्त्रालयका नयाँ भवन बन्ने स् वन मन्त्रालय । सहरी विकास मन्त्रालय । खेलकुद मन्त्रालय । गृह मन्त्रालयको थप एउटा भवन । परराष्ट्र मन्त्रालयको एनएक्स भवन । सिंहदरबार क्षेत्रभित्र हाल संसद्, सर्वोच्च अदालत र सैनिक गणको भवन बन्दै छन् ।

हट्न सक्छन् यी कार्यालय स् हाल सिंहदरबारभित्र रहेका राष्ट्रिय सतर्कता केन्द्र, मुद्रण विभाग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, प्रशासनिक अदालत, निजामती कर्मचारीको आधिकारिक ड्रेड युनियनको कार्यालय हट्न सक्नेछन् । सिंहदरबारबाट अस्थायी प्रकृतिका क्यान्टिन तथा अन्य टहरा पनि हटाउने योजना छ । नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.