भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सीसीटीभी योजनाबद्ध रूपमा मेटियो : संसदीय विशेष छानबिन समिति


  • श्रावण ३, २०७९
  • 367 Views
सीसीटीभी योजनाबद्ध रूपमा मेटियो : संसदीय विशेष छानबिन समिति image

काठमाडौं । संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज योजनाबद्ध रूपमा मेटाइएको निष्कर्ष निकालेको छ। जेठको सीसीटीभी माग्दा असारको हार्डडिक्स दिनु, उपभोक्ता हित संरक्षण मञ्चले माग्दा १३ दिनसम्म मात्रै रहन्छ भन्नु, अर्थ मन्त्रालयका कर्मचारीको बयानमा यस्तै कुरा आउनुले योजनाबद्ध देखिएको समितिका एक सदस्यले बताए।

‘तीन महिनासम्म सीसीटीभी फुटेज मेटाउन, हटाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै सीसीटीभी फुटेज नहुनुले योजनाबद्ध रूपमा नै मेटाएको निष्कर्षमा पुग्न दुविधा नै छैन’, ती सदस्यले भने।

यससँगै समितिले थप प्राविधिक अनुसन्धान गर्ने भएको छ। समिति सचिव सुरेन्द्र अर्यालले सीसीटीभीका विषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको बताए। उनका अनुसार फुटेज रिकभर गर्नेलगायत प्राविधिक विषयमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोका विज्ञसँग छलफल गर्ने तयारी छ।

‘प्राविधिक विषयमा प्रवेश गरेका छौं। अब विज्ञहरूसँग राय सल्लाह लिन्छौं,’ अर्यालले भने।

समितिको पहिलो बैठकले आवश्यक कागजात र सीसीटीभी असार ३० गते २ बजेभित्र उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन गरेको थियो। त्यो दिन प्राप्त भएन। असार ३१ गते हार्ड डिक्स उपलब्ध गरायो तर असारको मात्रै फुटेज भेटिएको थियो।

समितिले साउन १ गते अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग चार चरणमा बयान लिएको थियो। त्यसअघि असार ३२ मा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकसँग बयान लिएको थियो। समिति सदस्य प्रदीप ज्ञवालीले समितिले तथ्यमा पुगेर निष्कर्ष दिने बताए। ‘हामीले तथ्यका आधारमा प्रतिवेदन दिन्छौं। कुनै दबाब, प्रभाव स्वार्थमा तथ्य तोडमोड गर्न दिइनेछैन,’ ज्ञवालीले भने ।

तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिमार्फत बजेटमा करका दर हेरफेर गराएको प्रकरणमा छानबिन गर्न असार २२ समिति बनाइएको थियो। त्यही दिन शर्माले राजीनामा दिएका थिए।

अन्नपूर्ण पाेष्ट दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.