भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुदूरपश्चिममा थारू समुदायका १२ प्रतिशतलाई सिकलसेल एनिमिया


  • फाल्गुन २९, २०७९
  • 392 Views
सुदूरपश्चिममा थारू समुदायका १२ प्रतिशतलाई सिकलसेल एनिमिया image

काठमाडाैं। सिकलसेल एनिमियाबाट सुदूरपश्चिमका करिब १२ प्रतिशत थारू प्रभावित रहेको देखिएको छ । सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल ९साइमन०ले गरेको सर्वेक्षणमा सुदूरपश्चिमको कुल जनसंख्याको १७।५ प्रतिशत रहेको थारू समुदायको झन्डै १२ प्रतिशत सिकलसेलबाट प्रभावित रहेको देखिएको हो ।

सरकारको सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारी अस्पतालमा निःशुल्क उपचार गराएका बिरामीमा गरिएको सर्वेक्षणमा उपचारका लागि अस्पतालसम्म पुग्ने बिरामीको संख्या भने न्यून रहेको पाइएको छ । सिकलसेल एनिमियाको उपचारका लागि सुदूरपश्चिमका अस्पतालमा पुगेका बिरामीको संख्या प्रभावितको तुलनामा न्यून रहेको पाइएको छ ।

हालससम्म सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र घोडाघोडी अस्पतालमा जम्मा एक हजार दुई सय पाँच बिरामीले उपचार गराएका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा आठ सय ३६ जना, महाकाली अस्पतालमा आठजना र घोडाघोडी अस्पताल मा तीन सय ६१ जनाको उपचार भइरहेको हो ।

पछिल्लो समय उपचारका लागि अस्पताल पुग्नेको संख्यामा वृद्धि भए पनि अझैसम्म प्रभावित संख्याको तुलनामा उपचारमा न्यून संख्यामा मात्रै पहुँच रहेको साइमनका अध्यक्ष डा। अरुण मास्के बताउँछन् । चिकित्सकका अनुसार मानव रगतमा पाइने रातो गोलाकार रक्तकणको स्वरूप हँसिया अर्थात् बांगो आकारमा परिवर्तन हुने रक्तअल्पतासम्बन्धी समस्यालाई सिकलसेल मानिन्छ ।

हेमाटोलोजिस्ट डा। नीरज सिंह भन्छन्– सिकलसेल एनिमिया भएका बिरामीको रक्तकोषिकामा आउने लगातार परिवर्तनका कारण छोटो समयमै नष्ट हुन गई रक्तप्रवाहमा अवरोध उत्पन्न हुन्छ र रगतमा अक्सिजनको कमी हुन्छ । पर्याप्त रक्तसञ्चार नहुँदा मस्तिष्कमा रगत जमेर स्ट्रोक, शरीरका अंग दुखाइ, अंग फेल र विभिन्न खालका संक्रमण निम्त्याउँछ ।

हेमाटोलोजिस्ट डा। नीरज सिंहका अनुसार ‘सिकलसेल एनिमिया भएका बिरामीको रक्तकोषिकामा आउने लगातार परिवर्तनका कारण छोटो समयमै नष्ट हुन गई रक्तप्रवाहमा अवरोध उत्पन्न हुन्छ, जसले गर्दा बिरामीको रगतमा अक्सिजनको कमीका कारण विभिन्न अंगमा असर पर्ने गर्छ । पर्याप्त रक्तसञ्चार नहुँदा मस्तिष्कमा रगत जमेर स्ट्रोक, शरीरका अंग दुखाइ, अंग फेल र विभिन्न खालका संक्रमण निम्त्याउँछ ।’

तर, सामान्यतया कम उमेरमै यसका लक्षण देखिने भए पनि परीक्षणका लागि ल्याब तथा उपचारका लागि अस्पतालसम्मको पहुँच र रोगको प्रराम्भिक लक्षणबारे समुदायस्तरमा अझैसम्म पर्याप्त जानकारी नहुँदा समस्या भइरहेको चिकित्सकहरू बताउँछन् ।

सुदूरपश्चिममा नेपालका विशेषज्ञ चिकित्सकहरूले सिकलसेल एनिमिया व्यवस्थापनमा गरेको कन्फ्रेन्स प्रतिवेदनले रोगले निम्त्याउने जटिलताको उपचार नहुँदा जोखिम घटाउन नसकेको देखाएको छ । प्रतिवेदनका अनुसार दुखाइ र यससँग सम्बन्धित सिन्ड्रोम, एक्युट चेस्ट सिन्ड्रोम अर्थात् खोकी, छाती दुखाइ, श्वास फेर्न समस्या, शरीरको तापक्रममा गडबडीजस्ता लक्षण अस्पताल भर्नादर र मृत्युको मुख्य कारण रहेको देखाएको छ । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.