भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘सुन्दर हिमाल’ले राख्यो विश्व कीर्तिमान


  • माघ १५, २०७८
  • 452 Views
‘सुन्दर हिमाल’ले राख्यो विश्व कीर्तिमान image

‍सोलुखुम्बु । सबैभन्दा उच्च स्थानमा म्युजिक भिडियोको छायांकन गरेर पाँच जना नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन्। ५ हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे मेरा पिकजाने बाटोमा पुगेर गीत ‘सुन्दर हिमाल’को भिडियो छायांकन गर्दै गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरिएको हो। यसको गीत बुद्धिराज राई दुर्लभ जन्तरेले लेखेका हुन्। गीतमा डीआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ।

कोरस गायनमा माया गुरुङ र शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ ले साथ दिएका छन्। स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीको मादल, बाँसुरी डम्बरसिंह राई र किबोर्ड टेक नाछिरिङले बजाएका छन्। रेकडिस्टको भूमिका शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ले निर्वाह गरेका छन्। उनीहरू सबै सञ्चारकर्मी तथा कलाकार हुन्।

यो रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको छ। गिनिज बुकको मान्यतासँगै यसअघि निर्माण भएको हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो, ‘अनल्यान्ड’ शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुष्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको हो।

खारेमै खिचिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराज राई ९दुर्लभ जन्तरे०ले गरेका छन्। निर्देशक राईसँगै मोडल तथा डान्सर सिर्जना किराँती, पत्रकार तथा गीतकार शिखरजंग श्रेष्ठ ‘गजरकोटे’ र पर्यटन व्यवसायी लक्ष्मण कार्कीलगायतले अभिनय गरेका छन्। गंगाराम राईको छायांकन रहेको भिडियो गाउँले इन्टरटेनमेन्टले पोस्ट प्रोडक्सन गरेको हो। गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर सन् २०२१ मा सम्पन्न गरिएको थियो। रेकर्ड राखेको गीत र भिडियो केही दिनमै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.