भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुन आयातमा साढे ३२ अर्ब बाहिरियो


  • चैत्र २१, २०७८
  • 394 Views
सुन आयातमा साढे ३२ अर्ब बाहिरियो image

काठमाडाैं । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ । सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए । परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ ।

“आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो । यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो,” उनले भने । मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन बिक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए । लगातार मूल्य बढ्दै गएको र सिजन नभएकाले पनि व्यापार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

फागुन अन्तिम साता सुनको मूल्य बढेर तोलाको १ लाख ५ हजार रुपैयाँसम्म पुगेको थियो । रुस र युक्रेनबीचको युद्धका कारण सुनको मूल्यमा उतारचढाव भइरहेको व्यवसायीको भनाइ छ । यसैबीच, आठ महिनाको अवधिमा १५ अर्ब ३६ करोड ६४ लाख ९ हजार रुपैयाँको चाँदी आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब ८४ करोड ९८ लाख ७० हजार रुपैयाँको चाँदी आयात भएको थियो ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत फागुन अन्तिम साता सुन आयातमा कटौती गरेर दैनिक १० किलोमा झारेको थियो । त्यसअघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो । लगातार मूल्य बढेकाले नेपाली पैसा विदेश जान सक्ने भन्दै केन्द्रीय बैंकले आयातमा कटौती गरेको हो ।

स्राेतः काराेबार दैनिक

 


Thali Mobile Pvt.Ltd.