भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्थानीयले शव बुझेनन्, चालक फरार


  • आश्विन २२, २०७७
  • 545 Views
स्थानीयले शव बुझेनन्, चालक फरार image

जाजरकोट । जुनीचाँदेमा हिजो भएको जीप दुर्घटना मा बडाध्यक्ष सहित ६ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । एक जना गम्भीर घाईते छन् । खलङ्गाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलभीरमा दिउँसो ३ बजे दुघर्टना मा परेको थियो ।

मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष ५० वर्षिय अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय पूर्व जिविस सदस्य कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको हो । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय स्वास्थ्यकर्मी कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया बीद्यार्थी मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए ।

दुर्घटनामा एक जना मजकोट खोलामा बेपत्ता भएका छन् भने वडा नम्बर ११ का ५५ वर्षिय शिक्षक नरबहादुर बुढा गंभिर घाईते भएका छन् । उनको सुर्खेतमा उपचार भइरहेको छ । करीव पाँच सय मिटर तल मजकोट खोलामा खसेको जिप खसेको थियो । ठूलो मानवीय क्षति भएको भन्दै उचित क्षतिपूर्तीको माग स्थानीयले गरेका छन् । आक्रोशमा आएका स्थानीयले चालकको लापरवाहीले दुघर्टना भएको भन्दै शव बुझ्न मानेका छैनन् । परिवार र स्थानीय जनप्रतिनिधिसँग समन्वय गरि पोष्टम मार्टम गरिने जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज वरालको भनाई छ । गाेरखा पत्रबाट…

 


Thali Mobile Pvt.Ltd.