भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ


  • माघ २, २०७९
  • 254 Views
स्रोत नखुलेको साढे १२ लाखसहित सर्लाहीबाट पाँच जना पक्राउ image

रौतहट । सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ। एकै दिन दुई ठाउँबाट स्रोत नखुलेको करिब साढे १२ लाख रुपैयाँसहित सर्लाही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो। सर्लाही प्रहरीले मलंगवाबाट एक जना भारतीय नागरिक र गोडैताबाट चार जनालाई अवैध रकमसहित नियन्त्रणमा लिएको हो।

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ स्थित नेपाल विद्युत् प्राधिकरणको अगाडि हुँदै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको भारतको सितामढी जिल्लाको मरिया ग्राम पंचायत ३ तिलहंगीका जयलाल महताका करिब १९ वर्षका छोरा राहुल महतोलाई स्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो। महतोबाट दुई लाख नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीले जनाएको छ।

यसै गरी गोडैता नगरपालिका १२ लक्ष्मी चोकमा बरहथवाबाट भारततर्फ जाँदै गरेको बागमती प्रदेश ०१– ०२५– च १७९४ नम्बरको स्विफ्ट कार रोकेर चेकजाँच गर्दा करिब साढे दश लाख नेपाली रुपैयाँ बरामद भएको हो। चेकजाँचमा स्रोत नखुलेको १० लाख ४५ हजार नेपाली रुपैयाँ बरामद भएको सर्लाही प्रहरीको भनाइ छ।

रकमसहित कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नगरपालिका ८ का ३२ वर्षीय पहलाद चापागाईँ, बागेश्वरी मनोहरा नगरपालिका २ का २७ वर्षीय सनम बस्नेत, वडा नम्बर ८ का ३६ वर्षीय शिव चापागाईँ तथा ४८ वर्षीय कृष्ण दाहाल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपी विजय यादवले जानकारी दिए।

यसै गरी सर्लाही प्रहरीले भारतबाट भन्सार नतिरी अवैध रुपमा नेपाल भित्र्याएका करिब डेढ लाखका सामग्री विभिन्न ठाउँबाट बरामद गरी भन्सार चलान गरेको पनि जनाएको छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.