भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हत्यारासंग घाँटी जोडेर कस्तो सुशासनको कुरा गरेको ?


  • मंसिर ४, २०७७
  • 418 Views
हत्यारासंग घाँटी जोडेर कस्तो सुशासनको कुरा गरेको ? image

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका(४, इनरवारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले गौर हत्याकाण्डका हत्यारा एवं जंगलीराज संग घाटी जोडेर कस्तो सुशासन ल्याउन खोजेको हो भनेर प्रश्न गरेका हुन् ।

“बाबुरामजी मुलुकमा सुशासन स्थापना गर्ने अभियानमा लाग्नुभएको छ । महन्थजी एक सन्त नेता हुनुहुन्छ ।” साहले भने, “एकातिर सुशासन र सदाचारको कुरा गर्ने अर्कों तिर गौर हत्याकाण्ड सहित बिभिन्न नरसंहार घटनाका हत्यारा एवं भ्रष्टहरुसंग घाँटी जोडेर हिड़ने , यसरी सुशासन सम्भव छैन् । नर्कको जाने बाटो हिडेर स्वर्ग पुग्न सकिदैन, अन्ततः नर्कमै पुग्ने हो ।”

“समाजलाई पछाडी फर्काउन उद्धत दमंताको राजनीतिक गर्दै आएका उपेन्द्र यादवहरू जंगलीराजको स्थापना गर्ने हो , सुशासित समाजको हैन । केही समय अघिसम्म संघीय सरकारमा सहभागि भई भ्रष्टाचारको कीर्तिमान बनाएर असक्षम भनि निकालिएका उपेन्द्र यादव जस्ता नेताहरुले सुशासित र समृद्ध समाज बनाऊने कुरा “भैसीले अण्डा दिन्छ “ भने जस्तै हो ।”

उनले थपे ।भ्रष्टाचारका कारण निकालिएका भ्रष्टहरुबाट बिकास हैन बिनास मात्र हुने भएकोले जसपाको पछाडी न लागन जनतालाई बिशेष अनुरोध गरे । कार्यक्रममा प्रदेश सासंद कुन्दन कुश्वाहा, संविधानसभा सदस्य अबदुल कलाम आजाद, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेकपा प्रदेश कमिटी सदस्यहरु त्रिभुवन साह, मनोज यादव, जयचन्द्र पटेललगायतका नेताहरुको उपस्तिथि रहेको थियो । राजधानीबाट…

 


Thali Mobile Pvt.Ltd.