भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिउँ छोएर आएको वायुले ल्यायो सिरेटो


  • माघ १४, २०७८
  • 510 Views
हिउँ छोएर आएको वायुले ल्यायो सिरेटो image

काठमाडौँ । माघ महिनामा चिसो हुनु नौलो होइन । तर यो वर्ष लगातार घाम नलाग्ने र चिसो स्याँठ बढेपछि सर्वसाधारणले अघिल्ला वर्षभन्दा झन् चिसो भएको महसुस गरिरहेका छन् । यो क्रम दिनहुँ बढिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल आफूले पनि यसपालि चिसो बढ्ता अनुभव गरेको सुनाउँछिन् । ‘चिसोमा सिरेटो थपिएपछि आज म बाहिर बस्नै सकिनँ,’ उनले बिहीबार कान्तिपुरसँग सुनाइन्, ‘धेरै समय भित्रै बस्नुपर्‍यो, सायद अरूले पनि यस्तै अनुभव गर्नु भो होला ।’ उनका अनुसार यो वर्ष सर्वसाधारणले चिसो बढी अनुभव गर्नुका पछि दुई वटा कारण छन् ।

एक, यसपालि पश्चिम वायुको प्रभाव ९वेस्ट्रन्ली डिस्टर्बेन्स० लगातार आएको आयै छ, गत वर्षहरूमा यस्तो प्रभाव आक्कलझुक्कल मात्र आउँथ्यो । ‘पश्चिम वायुको लगातारको आगमनले छिनछिनमा बदली गरायो,’ मौसमविद् कँडेलले भनिन्, ‘जसले गर्दा लामो समयसम्म घाम लाग्न पाएन, घाम नलागेपछि चिसो हुनु स्वाभाविकै भयो ।’ पश्चिमी वायुको प्रभाव आएको आयै गर्दा पूर्ण रूपमा बदली भएर तापक्रममै गिरावट आउने उनको भनाइ छ । ‘अधिकतम तापक्रममै धेरै गिरावट आएपछि चिसो बढी अनुभव हुन्छ,’ उनले थपिन्, ‘अहिले भएको त्यही हो ।’ न्यूनतम तापक्रममा पनि गिरागट आएको छ । जनवरीमा विगतमा काठमाडौंको तापक्रम माइनससम्म झरे पनि यो वर्ष माइनस रेकर्ड भएको छैन ।

कँडेलका अनुसार चिसो बढी हुनुको दोस्रो कारण भने पश्चिम वायुसँगै हिउँ छोएर आएको सिरेटो पनि हो । ‘अफगानिस्तान, पाकिस्तान, जम्मू कश्मीरबाट हिमालयको काख हुँदै पश्चिम वायु आउने हो,’ उनको विश्लेषण छ, ‘त्यस्तो सिस्टमले चिसो आफैं बोकेर पनि ल्याएको हुन्छ, यहाँ बदली भएका बेला त्यो सिस्टम आयो भने झन् चिसो हुने भइगयो ।’ यस्तो अवस्था अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । ‘पूर्ण रूपमा खुल्न त अझै केही समय लाग्छ,’ महाशाखाले भनेको छ, ‘अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ ।’

बितेको २४ घण्टामा मुलुकका २१८ वटा वर्षा मापन केन्द्र ९मानव सञ्चालित ८८ र स्वचालित १३०० मध्ये ६७ वटा केन्द्रमा वर्षा रेकर्ड भएको छ । काठमाडौंमा पनि छिटफुट वर्षा भएको छ । सबैभन्दा बढी ९२४।२ मिलिमिटर० वर्षा अछामको मंगलसेन केन्द्रमा भएको छ । बिहीबार पोखरा र ताप्लेजुङमा पनि वर्षा भएको छ । जुम्ला र जिरीमा तापक्रम शून्यभन्दा तल झरेको छ । काठमाडौंमा न्यूनतम ४।२ र अधिकतम १४ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो पटक तराई–मधेसको तापक्रमसमेत गत वर्षभन्दा तल झरेको छ । मौसममा आएको बदलावले बिहानको समय धेरै स्थानमा हवाई उडान अवरुद्ध हुने गरेको छ । कानितपुर दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.