भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा


  • जेष्ठ १५, २०७९
  • 461 Views
हुम्लाको बन्द स्वास्थ्य चौकी छ महिनापछि सञ्चालनमा image

हुुम्ला । गत मङ्सिर महिनाबाट बन्द हुुँदै आएको नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ लिमीको स्वास्थ्यचौकी खुुल्ला भएको छ । लिमी जाने नाकामा जमेको हिउ पग्लिएपछि स्वाथ्यकर्मी लिमी पुुग्दा बन्द रहँदै आएको स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । लिमी हल्जी गाउँका खेण्डाप तामाङले गत मङ्सीरबाट बन्द हुँदै आएको स्वास्थ्य चौकी एक जना स्वास्थ्यकर्मी गाउँपालिकाबाट आई पुुगेपछि सञ्चालनमा आएको बताउनुुभयो ।

उहाँले स्वास्थ्य चौकी सञ्चालनमा आएसँगै बिरामीको उपचारमा सहजता आएको बताउनुुभयो । गत दशै तिहारपछि एक पटक लिमी पुुगेका स्वास्थ्यकर्मी हिमपात हुँदा फिर्ता भएयता फर्कनुुभएको थिएन । उहाँले नारा र न्यालुु लेकमा जमेको हिउ पग्लिएपछि केही दिन अगाडि स्वास्थ्यकर्मी न्यालुुबाट लिमी पुुगेर स्वास्थ्यचौकी सञ्चालनमा आएको बताउनुुभयो । स्वास्थ्य चौकी खुलेकै दिन दश जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए ।

बढी जनसङ्ख्या भएको हल्जी गाउँमा स्थापना भएको स्वास्थ्य चौकीमा उक्त गाउँका बिरामीको उपचार हुने गरेको छ भने अन्य तील र जाँङ गाउँका बिरामीका लागि भने स्वास्थ्यकर्मी घरघरमा पुुगेर उपचार गर्ने गरेको छ । लिमीका गाउँमा जटिल रोगका बिरामी हुँदा ब्यक्तिगत खर्च गरेर हेलिकोप्टर चार्टर गरेर उपचार सूविधा लिनु पर्ने वाध्यता अव हटेको छ । नाम्खा गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले हिउमा लिमीकै स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्नका लागि धेरै प्रयास गरिएको तर बस्न नमान्नेलाई जागिरबाट हटाइएको बताउनुुभयो ।

उहाँले खटिएका स्वास्थ्यकर्मी बस्न नमानेपछि आर्युुवेदिक औषधिका लागि गाउँपालिकाबाट वडा कार्यालयको आग्रहमा आर्थिक सहयोग गरेर बिरामीको उपचार गरिएको बताउनुुभयो । लिमी जाने बाटो खुुलेपछि तत्काल स्वास्थ्यकर्मी खटाएर स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मी लोकश बोहरा पुुगेपछि उक्त स्वास्थ्यचौकीमा स्थापना भएको नयाँ प्रसूतिगृह पनि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.