भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हुम्लामा बिरामी बोकेर अस्पताल आउदै गरेको जीप दुर्घटना


  • मंसिर २०, २०७७
  • 684 Views
हुम्लामा बिरामी बोकेर अस्पताल आउदै गरेको जीप दुर्घटना image

जुम्ला । हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन्। सिमकोट गाउपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु।२ च २१०२ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन बोलेरो जीप हेप्काखोला गएको थियो। बिरामी ल्याएर फर्कने क्रममा दुर्घटनामा परेको हो। सिमिकोट गाउँपालिका ७ डाँडाफयामा राति १० बजे जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा सिमकोट७ का ३० वर्षिय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्का का ४५ वर्षिय डुकी तामाङ र उनका श्रीमान ४५ वर्षिय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । घाईते हुनेमा सिमकोट २ ठेहेका जीप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, १ बर्षे बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका वडा नं। १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन्।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। हुम्लाका पत्रकार जनक शाहीले जीप सडक भन्दा झण्डै ६ सय मिटर तल खसेको छ। जीप दुर्घटना भएको खबर पाए लगतै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासी उद्धारका लागि पुगिसकेका थिए। राती भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिष्टले बताए। दुर्घटनामा परेका अधिकांसको छाती, टाउको र हात खुट्टामा चोट लागेको छ। नागरिक दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.