भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

होम आइसोलेसनका कारण कोरोना झन जोखिम र जटिल बन्दै


  • आश्विन २२, २०७७
  • 508 Views
होम आइसोलेसनका कारण कोरोना झन जोखिम र जटिल बन्दै image

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई कोरोना जोखिमबाट जोगाउन मुस्किल पर्न थालेको छ । राजधानीमा दैनिक करिब एक हजारको संख्यामा संक्रमित थपिन थालेपछि १८ स्थानीय निकायलाई कसरी संक्रमितको दर घटाउने भन्ने विषयमा हम्मेहम्मे पर्न थालेको हो । विशेष गरी काठमाडौं र ललितपुर महानगरमा मात्रै संक्रमितको संख्या १४ हजारको हाराहारीमा पुगिसकेको छ ।

यसको एउटै मात्र मुख्य कारण होम आइसोलेसनमा बसेका संक्रमितहरु जताततै डुल्दै हिँड्नु । स्थानीय तहले होम आइसोलेसनमा बसेकालाई परामर्श दिने र स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको दाबी गरे तापनि पछिल्लो समयमा त्यो काम पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । चिनेजानेका र उपल्लो ओहोदामा रहेका व्यक्तिसँग नजिक भएकालाई चासो दिएर सोध्ने गरे पनि सामान्य व्यक्तिको बारेमा कुनै चासो लिने गरेको छैन । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर स्थानीय तहका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले धान्न नसक्ने भएपछि कोरोना संक्रमितको अवस्थाबारे गम्भीर हुन नसकेको हो ।

सरकारले लक्षण नदेखिएका व्यक्तिलाई परीक्षण नगर्न र देखेका व्यक्ति सकभर होम आइसोलेसनमा बस्न आग्रह गरेपछि उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढ्दै गएको हो । विशेष गरी स्वास्थ्य मापदण्ड पूरा नगरी मास्कबिना नै जथाभावी हिँड्ने, भीडभाडामा सहभागी हुनाले समस्या बढेको देखिएको छ । एक संक्रमितले भने– ‘मलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेको छु । तर मलाई तपाईंको अवस्था कस्तो छ भनेर अहिलेसम्म एक कल पनि आएको छैन ।’ ‘म त एक प्रतिनिधि पात्र मात्र हुँ, मजस्ता यस्ता सयौं व्यक्तिको अवस्था त्यस्तै छ।’ –उनले भने ।

कसैले सोर्सफोर्स लगाए वा भनसुन गरे उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र कोही नभएका व्यक्तिलाई जस्तो परिस्थिति आएपनि एक कल फोन नगर्ने परम्परा बढेको छ । कोरोना संक्रमित देखिएका व्यक्तिको बारेमा अस्पतालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी दिने गरेको छ । महाशाखाले ती व्यक्तिको अवस्थाबारे जानकारी लिन जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पर्क नम्बरसहितको विवरण पठाउने व्यवस्था छ । जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय निकायलाई संक्रमितको ठेगाना र सम्पर्कसहितको विवरण पठाउने व्यवस्था छ । स्थानीय निकायले वडाअन्तर्गत सबैको अवस्थाबारे जानकारी लिने गरेको दाबी गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना संक्रमणको विषयमा जनताले आफै चासो राख्नुपर्ने बताए । सबैभन्दा गम्भीर गल्ती संक्रमण हुन सक्छ भन्दा पनि बुझ पचाएर मास्क नलगाउनेको संख्या बढ्दै गएको देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले महानगरपालिकाको कोभिड समितिमा सबै विवरण पठाएर उनीहरुको सम्पर्कमा रहेका सबैको स्वाब परीक्षण गर्न निर्देशन दिने गरेको बताए। पछिल्लो समय होम आइसोलेसनमा बसेका व्यक्ति स्थानीय तहको स्वीकृति विना नगेटिभ रिपोर्ट नआईकनै हिँड्ने गरेको गुनासो कार्यालयलाई आउने गरेको थियो ।

सरकारलाई पछिल्लो समय राजधानीलाई कोरोना संक्रमणको हटस्पटबाट कसरी जोगाउने भन्ने विषयमा चुनौती थपिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाबाहिरका जनतालाई अत्यावश्यक कामबाहेक राजधानी नआउन आग्रह गरिसकेका छन् । त्यति मात्र होइन सरकारले जो जहाँछन् त्यही ठाउँबाट दशैंतिहारलगायतका चाडपर्व मनाउन आग्रह गरेको छ । नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.