भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ?


  • जेष्ठ २९, २०७८
  • 683 Views
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला ? image

काठमाडौँ । सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार १ यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।
विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैँले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् ।

एकआपसमा साटासाट गरिएका अश्लील तस्बिर तथा कुराकानी रेकर्ड गरेपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक सञ्जालमा राखिदिने र पारिवारिक सम्बन्ध टुटाइदिनेसम्मको धम्की दिने गरेको पाइएको छ । साइबरविज्ञ वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्याल कोरोना बन्दाबन्दीको मौकाछोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने, तस्बिर साटासाट गर्ने, फोटोसप तथा म्युटिलेट भिडियो सामाजिक सञ्जालमा राखी चरित्र हत्यासँगै रकम बार्गेनिङको समस्या बढेको बताउनुहुन्छ ।

“साइबर अपराधको शिकार हुनबाट जोगिन सर्वसाधारणका लागि पटक–पटक सार्वजनिक जनचेतना गरिँदै आएको छ । तर पनि कतिपयले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री र प्रस्तावप्रति पूर्ण विश्वास गर्ने भएकाले चरित्र हत्या र ठगी अपराध मौलाएको छ,” उहाँले भन्नुभयो । साइबर अपराधसँग सम्बन्धित दैनिक १८ देखि २७ वटासम्म उजुरी आउने गर्छन् । ब्युरो प्रहरीका अनुसार तीमध्ये एक दर्जन चरित्र हत्या र ठगीका छन् । अश्लील भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ कोरोनापछि देखा परेको नयाँ किसिमको अपराध हो ।

यस्ता व्यक्तिले फेक आईडी नक्कली पहिचानबाट सम्बन्ध विस्तार गर्छन् । भिडियो संवादका क्रममा आफैँबाट अश्लील शब्द र तस्बिर आदान–प्रदान गर्न उक्साउँछन् । विस्तारै आफ्नो संवाद र तस्बिर मेटाई पीडितकै अश्लील तस्बिर र भिडियो देखाई उल्टै बार्गेनिङ सुरु गर्छन् । “साइबर अपराधको शिकार जोसुकै पनि हुन सक्छन्, सामाजिक सञ्जालबाट आउने प्रस्ताव तथा सबै सूचनाप्रति विश्वास गर्नु मूर्खता हो । यो समस्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र जहाँसुकै छ । सबै नागरिक सचेत हुन जरुरी छ,” महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले भन्नुभयो । सामाजिक सञ्जालमा भेटिएकी अज्ञात युवतीको प्रेम प्रस्ताव स्वीकार्दा अनावश्यक तनाव झेल्नुपरेको यस्तै एक घटना उहाँले सुनाउनुभयो ।

फिलिपिन्स घर बताउने युवतीले दुई जनाबीच भएको भर्चुअल संवाद र तस्बिरलाई नगद प्राप्तिको माध्यम बनाएकी थिइन् । केही चर्चित मोडल युवतीको अनुहार जोडेर अश्लील भिडियो बनाई रकम माग्ने आपराधिक समूह पनि सक्रिय रहेको प्रहरीले जनाएको छ । यस्तो अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न समस्या देखिएको छ । कतिपय पीडितले अपराध लुकाउने र समयमै उजुरी नगर्ने भएकाले पक्राउ गर्न समस्या देखिएको हो । ब्युरो प्रहरीले मुलुकभित्रै रहेका अपराधीलाई पक्राउ गरे पनि मुलुकबाहिर रहनेलाई पक्राउ गर्न सकेको छैन । साइबर अपराध अनुसन्धानकर्ता प्रहरी उपरीक्षक पशुपति रायले भन्नुभयो, “ठूलाबडा र इज्जतदार हुँ भन्नेले उजुरी नै गर्दैनन् । कतिपय सात समुन्द्र पारिका हुन्छन्, पक्राउ गर्न नै समस्या हुन्छ ।” साइबर अपराधबाट जोगिन सर्वसाधारण नै सचेत हुनुपर्ने सुझाव उहाँको छ ।गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.