भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१० अर्बमा बन्ने भयो नेपाल प्रहरीको एकेडेमी


  • असार १४, २०७९
  • 475 Views
१० अर्बमा बन्ने भयो नेपाल प्रहरीको एकेडेमी image

काठमाडाैं । २७ वर्षको प्रयासपछि नेपाल प्रहरीको आधुनिक तालिम प्रतिष्ठान काभ्रेको पनौतीमा बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि सोमबार निर्माण कम्पनीसँग सम्झौता भएको छ । १० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स–रोशन कन्ट्रक्सन जेभीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी मुकुन्दराज आचार्य र अहलुवालिया कन्ट्याक्सका सिइओ अरुण शाहीले हस्ताक्षर गरेका छन् । भारतीय अनुदान सहयोगमा प्रतिष्ठान बन्न लागेको हो ।

०५२ मा तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहरा भारत भ्रमणमा जाँदा पहिलोपटक यससम्बन्धी छलफल भएको थियो । त्यही वर्ष प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा यसबारे सहमति भएको थियो । संयोग, २७ वर्षपछि देउवा प्रधानमन्त्री भएकै वेला प्रतिष्ठान निर्माणका लागि सम्झौता भएको छ ।

प्रतिष्ठान निर्माणका लागि पनौतीमा आठ सय २२ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । पनौतीमा प्रतिष्ठान निर्माण भइसकेपछि आधारभूत र आवासीय तालिमहरू पनौतीमा र अन्य एड्भान्स तालिम हाल प्रतिष्ठान रहेको महाराजगन्जमै गर्ने प्रहरीको तयारी छ । महाराजगन्जबाट प्रतिष्ठान हटाउने निर्णय केपी ओली सरकारले गरेको थियो । तर, प्रहरीको विरोधपछि त्यो निर्णय कार्यान्वयन भएको छैन । पनौतीमा प्रतिष्ठान निर्माणको ठेक्का पारदर्शी नभएको केही निर्माण व्यवसायीको गुनासो छ ।

नयाँ पत्रिकाबाट..

 


Thali Mobile Pvt.Ltd.