भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१० खर्बको आयात हुँदा एक खर्बको निर्यात


  • चैत्र ९, २०७९
  • 370 Views
१० खर्बको आयात हुँदा एक खर्बको निर्यात image

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा १० खर्ब ५८ रूपैयाँको आयात गरेको हो। आर्थिक वर्ष २०७८र७९ को आठ महिनाको अवधिमा भने सरकारले १३ खर्ब ८ अर्ब रूपैयाँको आयात गरेको थियो।

गत वर्षको आठ महिनाको तुलनामा चालु आवको ८ महिनामा १९।१३ प्रतिशतले आयातमा कमी आएको छ। सरकारले चालु आर्थिक वर्षमा विदेशी डलरको सञ्चिति घटेको भन्दै विभिन्न वस्तु आयातमा केही समयको लागि प्रतिबन्ध लगाएको कारणले पनि आयातमा केही कमी आएको हो। सरकारले चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा एक खर्ब ४ अर्ब ७९ करोड रूपैयाँको वस्तु निर्यात गरेको छ। सरकारले गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आवको आठ महिनाको अवधिमा २९।०७ प्रतिशतले निर्यात घटेको छ। जबकी गत आवको आठ महिनामा भने १ खर्ब ४५ अर्बको वस्तु निर्यात गरिएको थियो।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा निकै चुलिँदै गइरहेको छ। विभागको तथ्यांकले पनि चालु आवको ८ महिनाको अवधिमा मुलुकको व्यापारघाटा ९ खर्ब ५३ अर्ब रहेको छ। गत आर्थिक वर्षको ८ महिनाको अवधिमा व्यापारघाटा भने ११ खर्ब ६० अर्ब रूपैयाँ रहेको थियो। गत आवको ८ महिनाको तुलनामा चालु आवको ८ महिनाको अवधिमा व्यापारघाटा १७।८६ प्रतिशतले कमी आएको छ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वैदेशिक व्यापारमा आयातको हिस्सा भने अत्यधिक रहेको छ। विभागका अनुसार आयात ९०।९९ प्रतिशत छ भने निर्यातको हिस्सा ९।०१ प्रतिशत रहेको छ। भन्सार विभागका अनुसार चालु आवको ८ महिनाको अवधिमा सरकारले पेट्रोलियम पदार्थको आयातमा झण्डै दुई खर्ब रूपैयाँ खर्च गरेको छ। विभागले सो अवधिमा ग्यास, पेट्रोल, हवाई इन्धन लगायतका पेट्रोलियम पदार्थमा १ खर्ब ९६ अर्ब ३६ करोड रूपैयाँ मुलुकबाट बाहिरिएको छ। नागरिक दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.