भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१० जिल्लाका डिएसपी फेरिए


  • चैत्र १०, २०७८
  • 472 Views
१० जिल्लाका डिएसपी फेरिए image

काठमाडौ । नियमित सरुवा निकाल्न नसकेपछि प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काजसरुवा गरेको छ । सरुवामा १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । मंगलबार बेलुका भएको सरुवाअनुसार पहाडी जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका हुन् । डिएसपी कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, तिलक भारती म्याग्दी, प्रकाश डाँगी पूर्वी रुकुम, प्रतीक विष्ट दार्चुला तथा प्रेमसागर केसी मनाङ सरुवा भएका छन् । त्यस्तै, पश्चिम रुकुममा विष्णुप्रसाद सोती, जाजरकोटमा सन्तोष निरौला, ओखलढुंगामा सुकदेव खनाल, सोलुखुम्बुमा सुनिलजंग शाहलाई खटाइएको छ ।

म्याग्दी सरुवा गरिएका भारती यसअघि दरबारमार्ग वृत्तमा रहँदा बलात्कार जस्तो गम्भीर घटना मिलापत्र गराएकोमा कारबाहीमा परेका अधिकृत हुन् । उनले नै पटक–पटक इन्चार्जको अवसर पाउँदै आएका छन् । सामान्यतया अत्यावश्यक अवस्थामा मात्र काज खटाउने चलन छ । तर, पछिल्लो समय सरुवामा हुने चलखेलले गर्दा काज विकृति बढेको छ । सामान्यतया एक वर्षमा जिल्ला इन्चार्जको सरुवा हुन्छ । हाल सरुवा भएका १० जिल्लाका डिएसपीको १४ महिना भइसकेको थियो ।

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच जिल्ला इन्चार्जमा पठाउने व्यक्तिको बारेमा सहमति नहुँदा सरुवा लम्बिएको हो । एक वर्ष इन्चार्ज भइसकेका अन्य कार्यालयका डिएसपीको अझै सरुवा हुन सकेको छैन । कतिपय जिल्लामा १९ महिनासम्म समेत एकै व्यक्ति इन्चार्जका रूपमा कार्यरत छन् ।

दोलखा र पर्वतमा सिडिओ परिवर्तन
गृह मन्त्रालयले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । दोलखामा भोजराज खतिवडा र पर्वतमा नारायण सापकोटालाई पठाएको हो । दोलखाका सिडिओ टेकराज निरौलाले अवकाश पाएपछि रिक्त पदमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव खतिवडालाई पठाइएको हो । पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई अन्यत्र काजसरुवा गरिएको छ । पर्वत पठाइएका सापकोटा गृहमा कार्यरत थिए । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.