भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै


  • माघ २६, २०७७
  • 750 Views
१० महिनापछि सिरुबारी होमस्टे खुला हुँदै image

पोखरा । नेपालकै पहिलो ग्रामीण पर्यटनको मान्यता पाएको सिरुबारी होमस्टे २७ माघदेखि खुला हुने भएको छ । कोभिडका कारण बन्द रहेको होमस्टे करिब १० महिनापछि खुला गर्न लागिएको आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाले जानकारी दिएको छ । सिरुबारी सामुदायिक होमस्टेका संयोजक जुम गुरुङले सिरुबारीमा २३ घरमा होमस्टे सञ्चालन गरिएको बताए । खानपानका लागि स्थानीय उत्पादन मात्रै प्रयोग हुने सिरुबारीमा एक रातमा ६० जना पाहुनालाई सेवा दिन सक्ने उनको भनाइ छ ।

२०५४ सालबाट आफ्नै घरमा पाहुना राख्ने काम सुरु गरेको सिरुबारी पर्यटनसँगै गुरुङ संस्कृतिको अध्ययन केन्द्रका रूपमा विकास हुँदै गएको छ । यसलाई दक्षिण एसियाकै पहिलो होमस्टेका रूपमा समेत लिने गरिन्छ । ढुंगाले बनाएका नेपाली पाराका गुजुमुज्जुु परेका लाम्चा घर । घरको भित्तादेखि, छाना, आँगन र बाटोसमेत ढुंगाले छापेको सफा एवं चिटिक्क बस्ती, शान्त वातावरण एवं बस्तीको केहीमुनि सुसाउँदै बगेको आँधी खोलासँगै सुन्दर मनोरम पर्यटकीय गाउँ हो, सिरुबारी ।

स्याङ्जाको सदरमुकाम पुतली बजारबाट २८ किलोमिटर पश्चिममा रहेको सिरुबारी करिब १६ सय १० मिटर उचाइमा छ । सिरुबारीबाट धौलागिरि, माछापुच्छ्रे , अन्नपूर्ण प्रथम–दोस्रो–तेस्रो तथा चौथो, अन्नपूर्ण साउथ, हिमचुलीलगायत अन्य हिमशृंखलाहरू लस्करै हेर्न सकिन्छ ।

सिरुबारीसँगै ४९ वटा होमस्टेसमेत २७ माघदेखि खुला गरिने आन्तरिक पर्यटन पुनरुत्थान समिति स्याङ्जाका सहसंयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले हालको पर्यटन सहरबाट गाउँ लागेको आफूले अनुभूत गरेको बताए । गाउँमा बढ्दै गएको पर्यटनले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने भएकाले यसको सदुपयोग गर्न होमस्टे सञ्चालकहरूलाई आग्रह गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले सहरमा बसेर दिक्क भएकाहरू एक–दुई दिन शान्त वातावरणमा रमाउन गाउँ–गाउँमा रहेका होमस्टेमा जाने गरेको बताए । उनीहरू होमस्टेमा स्थानीय संस्कृति हेर्नसँगै स्थानीय खाना पाइन्छ भन्ने आशाले जाने गरे पनि धेरै स्थानमा सञ्चालित होमस्टेहरूमा बजारको खाना खुवाउने, सांस्कृतिक कार्यक्रमको नाममा क्यासेट बजाउने गरिएको भन्दै यस्ता कामको अन्त्य गर्दै मौलिक परम्परा अँगाल्न सुझाब दिएका थिए ।
आजको नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.