भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

१ हजार ८ सय ३३ जवानका लागि सशस्त्रले खुलायो नयाँ भर्ना, कहिलेसम्म दिन पाइन्छ दरखास्त ?


  • आश्विन २५, २०७७
  • 789 Views
१ हजार ८ सय ३३ जवानका लागि सशस्त्रले खुलायो नयाँ भर्ना, कहिलेसम्म दिन पाइन्छ दरखास्त ? image

काठमाडौँ । सशस्त्र प्रहरी बलले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको छ।

शनिबार सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखाले सूचनामार्फत १ हजार ८ सय ३३ जवानका लागि भर्ना खुलाएको हो । खुलातर्फ ९ सय ८८, अमर र अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी र जनजाति २ सय ६४, मधेसी २ सय ३१, दलित १ सय २४ र पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको छ। सूचनामा योग्यता पुगेका १८ देखि २२ वर्ष ननाघेकाले आगामी कात्तिक २३ सम्म देशभरका ७५ वटै सशस्त्र प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन्।

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको, पुरुषको हकमा ५ फिट २ इन्च, महिलाका लागि ५ फिट, पुरुषको हकमा छाती नफुलाउँदा कम्तीमा ३० इन्च र फुलाउँदा ३२ इन्च, आँखा मानइस २ वा प्लस २ भन्दा कमजोर नभएको, नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, पुरुषका लागि ५० केजी र महिलाका लागि ४२ केजी तौल भएको, नैतिक पतनदेखि फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको लगायत न्यूनतम योग्यता तोकिएको छ। नागरिक दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.