भर्खरै : Sorry, your browser does not support inline SVG.
७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२५ जनाभन्दा बढी भेला हुन रोक


  • बैशाख ७, २०७८
  • 880 Views
२५ जनाभन्दा बढी भेला हुन रोक image

काठमाण्डाैं । कोरोना महामारीले तीव्र रूप लिँदै गएपछि सरकारले होटेल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। तर घरमै डेलिभरी गर्न भने कुनै रोक लगाइएको छैन।

सरकारले मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामीलगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाहलगायत कार्य गर्नुपर्ने भए सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर २५ जनाभन्दा बढी उपस्थित नहुने गरी गर्न सकिने आदेश जारी गरेको छ।

यसैगरी सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुललगायत भिडभाड हुने ठाउँलाई भने वैशाखभरि बन्द गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए। यसैगरी धार्मिक स्थलमा वैशाख मसान्तसम्म नित्य पूजा मात्रै गर्न/गराउन, एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न पनि आदेश दिइएको छ।

सरकारले सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ। यात्रुले पनि अनिवार्य रूप मास्क लगाउनुपर्नेछ। मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए। गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरिएको पनि मन्त्री गुरुङले बताए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.