भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता


  • असार ८, २०७९
  • 403 Views
२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता image

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै ठेकेदारले पाए ।

बोलपत्रअनुसार ‘सबैभन्दा कम मूल्य राख्ने ठेकेदारलाई ठेक्का पाइनु’ स्वाभाविक हो । यहाँ पनि यस्तै गर्न खोजियो तर बोलपत्रमा निकै न्यून मूल्य राखेर ठेक्का पाएकासँग ठेक्का सम्झौता भने पुरै मूल्यमा भएको देखिन्छ । ठेक्काको पहिलो किस्तासमेत निर्माण कम्पनीले पाइसकेको बताइन्छ ।

ठेक्का शीर्षक (१)अनुसार कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैया ९४ पैसामा ठेक्का आह्वान भयो । सो ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नार्गाजुन कन्सट्रक्सनले २ लाख ४ हजार १ सय २६ रुपैयाँ ३ पैसाको बोलपत्र हालेको छ । तर, निर्माण कम्पनीसँग १४ वैशाख २०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ ।

ठेक्का शीर्षक (२)अनुसार बजाड–खात्काँडा सडक निर्माणका लागि ९५ लाख ९० हजार २ सय ५९ रुपैयाँ ३८ पैसा ठेक्का आह्वान गरियो । सो ठेक्का पनि नार्गाजुन कन्सट्रक्सनले नै पायो । तर, २८ लाख ६२ हजार १ सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ ।

ठेक्का शीर्षक (३)अनुसार ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९ सय ५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ । यसमा नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९ सय ३९ रकम हालेकोमा ठेक्का सम्झौता भने ९५ लाखमा भएको देखिन्छ ।

तीनवटै ठेक्का पाएको नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा देखाउन कम रकम राखेको र पूरा मूल्यभन्दा थौरै घटाएर ठेक्का सम्झौता भएको छ । ठेकेदारले सम्झौताअनुसार पेस्की रकम लिएर काम गरिरहेका छन् ।

यो अनियमिततामा तत्कालीन नगरप्रमुख अमरसिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायतको ‘सेटिङ’ रहेको ठेक्का नपाएका ठेकेदारको दाबी छ । उनीहरूले ती ठेक्कामा लाखौं घोटाला भएको आशंका गरेका छन् ।

नागार्जुन कन्ट्रक्सनले ६२ लाखमा मात्रै ठेक्का पाउनुपर्नेमा २ करोड ७० लाखको ठेक्का पाएको देखिन्छ । यस विषयमा वर्तमान नगरप्रमुख विजयसिंह धामी भने अध्ययन गरिरहेको बताउँछन् । ‘यो कुरा बाहिर आइसकेपछि हामी छलफल तथा अध्ययन गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसपछि के हुन्छ ? पत्रकार सम्मेलन गरेर सत्यतथ्य कुरा बताउँछौं ।’

‘सम्झौताभन्दा पनि काम हेर्नुपर्छ’
अति न्यून मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग बढीमा ठेक्का भएको विषयमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भने सहमत छैनन् ।

‘पहिलो पटकको ठेक्का रद्द गरी दोस्रोपटक आह्वान गरिएको थियो । दोस्रोपटक तीन जनाको मात्रै कोटेसन आयो । उनीहरूमध्ये सबैभन्दा कम जसको छ, उसैसँग सम्झौता गरिएको हो,’ उनी भन्छन्, ‘काम भइरहेको छ, हामीलाई काम पूरा भए पुग्छ । सम्झौताभन्दा पनि काम हेर्नुपर्छ ।’

दोस्रोपटक ठेक्का आह्वान गरेको विषयमा भने अधिकांश ठेकेदार जानकार छैनन् । प्रमुख प्रशासकीय अधिकृत विष्ट १८ फागुन २०७८ मा एक दैनिकमा विज्ञापनसमेत प्रकाशन गरेको बताउँछन् । तर, १८ फागुनमा सो दैनिकमा शैल्यशिखरको कुनै पनि सूचना प्रकाशित भएको छैन ।

राजधानी दैनिक…

 


Thali Mobile Pvt.Ltd.