भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

४८ वर्षदेखि मूर्तिमै तल्लिन


  • माघ ६, २०७९
  • 303 Views
४८ वर्षदेखि मूर्तिमै तल्लिन image

जनकपुरधाम । योगेन्द्र पण्डितका हातहरूले माटोलाई आकार दिन थालेको ४८ वर्ष भन्दा बढी भयो। अब त उनी माटोलाई जसरी चाहन्छन् त्यस्तै स्वरुपमा ढाल्न सक्छन्। जीवनको ६३औं वसन्त पार गरिसकेका पण्डितले माटोबाट भगवानका प्रतिमाहरू बनाउन थालेको लामो समय भइसक्यो। तर, उनको यो काम समयक्रमसँगै निखारिँदै गएर अहिले आफ्ना पुस्ताहरूमा हस्तान्तरण हुन थालेको छ।

मधेसमा दसैं, कृष्णजन्माष्टमी, विश्वकर्मा पूजा, गणेश चतुर्थी र सरस्वती पूजामा माटोबाट निर्मित भगवानका प्रतिमा स्थापना गरेर पूजापाठ गर्ने चलन छ। पहिला गाउँ, टोलहरूमा एक दुई ठाउँ मात्रै प्रतिमा स्थापना गरी पुजापाठ गर्ने गरिए पनि वर्तमानमा टोलैपिच्छे युवाहरूले पन्डाल लगाएर प्रतिमा स्थापना गर्ने चलन बढेको छ। सरस्वती पूजाको अवसरमा हरेक विद्यालय र टोलहरूमा सरस्वती माताको प्रतिमा राखेर पुजा गर्ने गरिएको हुँदा प्रतिमा किन्नेहरूको संख्या निकै बढेको छ।

मूर्ति स्थापना गर्दा युवाहरूमा कसको कति राम्रो र उत्कृष्ट कलाकारिता भएको प्रतिमा छानिएको हो भन्ने अघोषित प्रतिस्पर्धासमेत हुने गरेको छ। यस्तोमा पुराना कलाकार पण्डितका हातबाट बनेका मूर्तिहरूको डिमान्ड निकै बढेको छ। अहिले ६ जना सिकारुहरूलाई काममा लगाएर सरस्वतीको प्रतिमा बनाउन व्यस्त रहेका पण्डितले नगरक्षेत्रका विभिन्न स्थानमा हुने पुजाका लागि ३८ वटा प्रतिमाहरूको अर्डर लिएका छन्।

‘म कहाँ ४ हजारदेखि ४५ हजारसम्मका मूर्तिहरू छन्। मैले बनाएका मूर्तिहरूमा बढी कलाकारिता हुने गरेको र निकै लामो समयदेखि यो काम गरेकोले यहाँ ग्राहकहरू धेरै आउँछन्’, पंडितले अन्नपूर्णकर्मीसँग भने, ‘मैले १२–१३ वर्षको उमेरदेखि नै मूर्ति बनाउन थालेको हँु। पहिला–पहिला त मैले र एकजना भारतीयले मात्रै जनकपुरमा माटोबाट भगवानका प्रतिमाहरू बनाउँथ्यौं तर, अहिले म बाटै सिकेर थुप्रै कलाकारहरू उदाएका छन्। सबैले छुट्टा–छुट्टै मूर्ति बनाउँछन्।’

यो पेशाले नाम र दाम दुवै दिएको हुँदा आफू निकै सन्तुष्ट रहेको पण्डित बताउँछन्। उनले मूर्ति बनाएर वार्षिक ५ लाखभन्दा बढी नाफा कमाउने गरेको बताउँछन्। आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झंै व्यवसायीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन्। जिल्लाका विभिन्न ठाउँमा पुसदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउन र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको व्यवसायीको भनाइ छ। सरस्वती पूजामा मात्रै जनकपुर बजारमा आठ सयवटा जति मूर्ति खपत हुन्छ। जनकपुर विमानस्थल क्षेत्रको सडक छेउमा चन्द्रदेव पण्डित पनि यही पेशामा सक्रिय छन्। मूर्ति बनाउनेदेखि बुट्टा भर्ने र श्रृंगार गर्ने कार्यमा उनको दैनिकी बितिरहेको छ। अन्नपूर्णपोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.