भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

५ दिनमा समातियो २९ किलो ५९० ग्राम सुन


  • मंसिर २५, २०८०
  • 240 Views
५ दिनमा समातियो २९ किलो ५९० ग्राम सुन image

काठमाडौं । पछिल्लो समय त्रिभुवन विमानस्थल सुन पास हुने स्थलकै रूपमा चर्चित बन्न थालेको छ। कहिले विमानस्थलबाटै सुन समातिन्छ भने कहिले भन्सार नै पास भएपछि। यो क्रम पछिल्ला दिनहरूमा अझै बाक्लिन थालेको छ। शनिबार राति पनि भन्सार पास भएको ६ किलो ५ सय ९० ग्राम सुनसहित ३ विदेशी नागरिक पक्राउ परेका छन्। राति पौने एक बजे फ्लाइ दुबईको उडान एफजेड–५७३ नम्बरको विमानबाट नेपाल आएका इजिप्टका नागरिक सरिफ महम्मद लासिन सुनसहित पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुनचन्द ठकुरीका अनुसार सुनसहित काठमाडौं आएका उनी विमानस्थलमा रहेको भन्सार पास गरिसकेका थिए। उनको गतिविधि र हाउभाउको आधारमा विमानस्थल सुरक्षामा बसेका प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा उक्त सुन भेटिएको हो।

चन्दले भने, ‘सूचनाका आधारमा भन्सार क्रस भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटमा प्रहरी खानतलासी गर्दा उनलाई पक्राउ गरिएको हो। हाफ ज्याकेटमा फल्स बटम बनाएर उनले सुन ल्याएका थिए।’

प्रहरीले उनीसँगै अन्य दुई जना सुडानी नागरिकलाई पनि नियन्त्रणमा लिएको छ। सुन ल्याउने महम्मद लासिन ती सुडानी नागरिकसँग गफगाफ गरिरहेको र चिनजान भएको आशंकामा उनीहरूलाई पनि निगरानी गरिएको डीआईजी चन्दले बताए। चन्द भन्छन्, ‘आगमन टनेल एरियाको सीसीटिभी फुटेज चेकजाँच गर्दा सुडानी दुई जना नागरिक र इजिप्टका नागरिक गफ गर्दै हिँडिरहेको देखिएको थियो। प्रारम्भिक सोधपुछका क्रममा सुडानी नागरिकले सुन ल्याउने व्यक्तिलाई नचिनेको र सुन ल्याउन आफ्नो संलग्नता नभएको बताएका छन्।’

एजिप्सियन नागरिकले भारतीय व्यक्तिले उक्त सुन काठमाडौं पठाएको बताएका छन्। यहाँ कसका लागि, ल्याएको र कता लैजाने भन्ने विषयमा केही खुलाएका छैन। डीआईजी चन्द थप्छन्, ‘अरबी भाषा मात्रै बोल्ने र अंग्रेजी नबुझ्ने हुनाले सोधपुछमा कठिनाइ भएको छ। यस विषयमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ।’

भन्सारबाट कसरी पास भयो सुन ?

विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले भन्सार पास भइसकेको विषयमा केही बोल्न मानेनन्। अन्नपूर्णको प्रश्न तर्काउँदै उनले भने, ‘भन्सारका कर्मचारी र सुरक्षा कर्मचारीको चेकजाँच तथा खानतलासीबाट भन्सार एरियामै सुन बरामद भएको हो। सुन तस्करहरूले झुक्याउने तरिकाले अर्ध ठोस बनाएर सुन ल्याएका थिए। यसैले पनि भन्सार कार्यालयमा रहेको मेटल फ्री मेसिनले डिटेक्ट गरेन कि।’

नेपाल आउने प्रत्येक व्यक्तिले विमानस्थलको भन्सार कार्यालयमा रहेको एक्सरे मेसिनमा सामान चेकजाँच गर्नुपर्ने हुन्छ। प्रत्येक यात्रुले घडी, मोबाइल, गरगहनालगायत सबै मेटलका सामानहरू भन्सारको मेटल फ्री मेसिनमा चेक गराएर मात्रै नेपाल प्रवेश गर्न पाउँछन्। घडी र जुत्ताको मेटलसमेत चेकजाँच हुने भन्सार एरियाबाट इजिप्टका नागरिकले शरीरमा लगाएको ज्याकेटमै सुन बोकेर मेटल फ्री जोनसमेत पार गरेका थिए।

विदेशी नागरिकले शरीरमा बोकेको सुन भन्सार कर्मचारीले देखेनन्। न त उनीहरूले नै ती नागरिकको हाउभाउ र चालढाल नै नोटिस गरे। थाहा पाएर हो या थाहा नपाएर उनीहरूले साढे ६ किलो बढी सुन भन्सार पास गरिदिए। तर, विमानस्थलको सुरक्षाका लागि बसेका प्रहरीले उनीहरूलाई पछ्यायो। निगरानी गर्‍यो र सुरक्षा चेकजाँच गर्दा उनको गोजीमा सुन फेला पार्‍यो।

विमानस्थल भन्सार प्रमुख पाण्डेले भने झै सुन अर्धतरल भएकाले थाहा नपाएको विषयमा विश्वास गरिहाल्ने अवस्था भने छैन। गत बिहीबार राति सोही विमानबाट दुबई हुँदै नेपाल आएका चन्द्रबहादुर घलेलाई १४ किलो सुनसहित भन्सार कार्यालयले विमानबाट ओर्लँदा ओर्लँदै पक्राउ गरेको थियो। यस विषयमा भन्सार प्रमुख पाण्डेले सुन आउँदैछ भन्ने पूर्वसूचना पाएको भएर सुन समातिएको बताएका थिए।

सुन आउँदैछ भन्ने सूचना भएको सुन मात्रै भन्सार कार्यालयले थाहा पाउने अवस्था अहिले देखिएको छ। सुन तस्करी पत्ता लगाउने अन्य तरिका तथा निगरानीमा भन्सार कार्यालय कमजोर देखिएको छ। भन्सार कार्यालय र विमानस्थल सुरक्षाका लागि बसेका प्रहरीबीच समन्वयको अभाव जस्तो देखिन थालेको छ।

विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुनचन्द ठकुरी भन्छन्, ‘सुडानी नागरिकले सुन ल्याएका हुनसक्ने हाम्रो अनुमान थियो। उनीहरू सबै जना भिजिट भिसामा काठमाडौं ओर्लिएका थिए। हामीले सीसीक्यामरा तथा प्रत्यक्ष निगरानी गरिरहेका थियौं। यसैक्रममा इजिप्टका नागरिक भन्सार बाहिरको एरियाबाट पक्राउ परेका हुन्।

५ दिनमा समातियो २९ किलो ५९० ग्राम सुन

पछिल्लो ५ दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट साढे २९ किलो सुन बरामद भएको छ। विमानस्थल भन्सार र विमानस्थल प्रहरी कार्यालयले २१ किलो ५ सय ९० ग्राम सुन बरामद गरेको छ। यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोडको सुन पसलबाट ७ किलो सुन बरामद गरेको थियो।

न्युरोडमा पदप्रसाद पाण्डेले सञ्चालन गरेको ओम पल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट बिल–बिजक बिनाका सुनका गहना र टुक्राहरू गरी ७ किलो सुन प्रहरीले बरामद गरेको हो। पाण्डेको साथबाट ४१ सय अमेरिकी डलरसमेत नियन्त्रणमा लिइएको छ। यस्तै गत बिहीबार नै रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा २ किलो सुन प्रहरीले बरामद गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.