DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

६१ किलो सुन प्रकरण स् तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष


  • भाद्र २६, २०८०
  • 284 Views
६१ किलो सुन प्रकरण स् तीन कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष image

काठमाडौँ । तस्करीको करिब ६१ केजी सुन प्रकरणमा एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्‍याउने मुख्य ‘व्यवस्थापक’ किटान गरेर प्रहरीले अनुसन्धान टुंग्याएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्वरभन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्न लागिएको छ ।

विद्युतीय चुरोट ९भेप० मा भित्रिएको ९ केजी सुन प्रकरणको मुद्दा भने छुट्टै जाने सीआईबीले जनाएको छ । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । उनी पनि सीआईबीकै हिरासतमा छन् । भेपमा सुन ल्याउने गिरोहका नाइके दावाजिन वाङसहितका तस्कर भने फरार छन् । ब्रेक शुको सुन प्रकरणमा भने मुख्य अभियुक्त किटान गरिएका एलेक्सलाई राजनीतिक, प्रशासनिक र अन्य संयन्त्रसँग सम्पर्करसम्बन्ध बनाउने भूमिका दावा छिरिङले खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुन तस्करीकै लागि दावा र उसको कनेक्सनमा रहेको सञ्जालले फर्जी विवरणमा काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी निकालेको पनि भेटिएको छ ।

तस्करीका केही योजनाकार फरार रहेकाले उनीहरूको हकमा पछि अनुसन्धानबाट खुलेबमोजिम हुने गरी मुद्दाको अभियोजन गर्नुपर्ने उल्लेख छ । हालसम्मको अनुसन्धानलाई टुंगोमा पुर्‍याएर सम्भवतः मंगलबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने सीआईबीको तयारी छ । सीआईबीका एसएसपी दिनेश आचार्यले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागिएको बताए ।

‘अनुसन्धानको समय सीमाका कारण हालसम्म खुलेका तथ्यरप्रमाणलाई रायसहितको प्रतिवेदनका रूपमा बुझाउने तयारी छ,’ एसएसपी आचार्यले कान्तिपुरसँग भने, ‘तस्करीमा संलग्नता देखिए पनि कतिपय पक्राउ नपरेका कारण उनीहरूको हकमा पछि अनुसन्धानबाट खुलेबमोजिम हुने गरी अभियोजन गर्नुपर्ने देखिन्छ ।’ गत साउन २ मा भन्सार जाँचपास पार गरी सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त अवैध सुन बरामद गरेको थियो । दुवै निकायबाट भएको अनुसन्धानका क्रममा चिनियाँसहित ९ विदेशी र २१ नेपाली नागरिक पक्राउ परेका छन् । त्यसपछि राजस्व छली र भन्सार चोरीरपैठारीको कसुरमा विभागबाट अनुसन्धान अघि बढाइएकामा संगठित अपराधका समेत दफा लगाएर थप अनुसन्धान गर्न साउन २१ मा सीआईबीलाई जिम्मा दिइएको थियो ।

सन् २०२१ देखि ०२३ जुलाईसम्म गिरोहले करिब १ अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेको पनि खुलेको छ । सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी ‘यूएसडीटी’ मार्फत गर्ने गरेको सीआईबी स्रोतको भनाइ छ । यसरी भएको अवैध क्रिप्टो भुक्तानीलाई राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार सजाय हुने गरी सुन तस्करीमा संगठित अपराध र राजस्वरभन्सार छलीको कसुरमा मुद्दा चलाउनुपर्ने राय पनि प्रतिवेदनमा छ । क्रिप्टो कारोबारमा थप अनुसन्धान हुने हो भने हाललाई त्यसबाहेक पनि प्रतिवेदन बुझाउन सकिने अनुसन्धान स्रोतको भनाइ छ ।

सुन तस्करी आरोपमा तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन, चिनियाँहरू नेङकाई ली, सेग फा दिङ, एलेक्स भनिने याओ फुचेङ, अली भनिने वेन सुङ ली, जिक्वाङ लिन, तियान मी र वेन योङ बेल्जियन नागरिक दावा छिरिङको संलग्नता देखिएको छ । अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका एजेन्टहरू राजेन्द्रकुमार राई, यादव पराजुली, रुक्मिना सुब्बा र सुदर्शन गौतम, विमानस्थल भन्सारका तीन अधिकृत सन्तोष चन्द, पुष्पा जोशी र गणेश पौडेल, तीन जना नासु कमल परियार, वीरेन्द्र नेपाली र सरोज श्रेष्ठ तथा खरिदार कुमार ढकाल पनि पक्राउ परेका छन् ।

तस्करीको सुन बोक्ने भरियारट्याक्सी ड्राइभर अशोक लामा, ब्रेक सुमा सुन ल्याउने कम्पनी रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, सुन तस्करका सहयोगीहरू हर्कराज राई र नरेश तामाङ, हङकङबाट सुनसहितका सामान ल्याउने कार्गो कम्पनी ट्रान्स ग्लोबलका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजनकुमार श्रेष्ठ, दावा छिरिङका साझेदार किशोर बस्नेत, तस्करीको सुन व्यापारी र भारतसम्म पुर्‍याउने सुमन खरेल तथा सुनचाँदी व्यवसायी शिव सर्राफ पनि यो अवधिमा पक्राउ परेका छन् ।

तस्करीको सुन संकलन गर्ने हङकङका ३ वटा डिलर र त्यसका मालिक तथा नेपालबाट भागेर भारत पुगेका तस्करले सेल्टर लिने स्थानको पहिचान भए पनि अभियुक्त पक्राउ परिनसकेका कारण यसबारे सीआईबीले विस्तृत खुलाएको छैन । तस्करीको सुन बरामदपछि भारततर्फ भागेका सुमन खरेल नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका थिए । खरेलपछि बारा स्थायी घर भएका सुनचाँदी व्यवसायी शिव सर्राफ पनि पक्राउ परेका थिए । सीआईबीले भन्सारका कर्मचारीलाई सुन तस्करीमा सहयोग पुग्ने गरी भूमिका खेलेको र तस्करका सहयोगीसँग साँठगाँठ गरेको कसुर किटान गरेको छ । भन्सार एजेन्टहरूले तस्करीको सुन छुटाउन संगठित रूपमा भूमिका निभाएको र केहीको तस्करसँग सम्पर्करसम्बन्ध देखिएको उल्लेख छ ।

एलेक्स हङकङ, दुबई र चीनबाट हुने सुन तस्करीमा हालसम्म पक्राउ परेका मध्येका मुख्य कारोबारी हुन् । भारतमा सुन पठाउन मुख्य योजना पनि उनैबाट हुने गरेको अनुसन्धानबाट खुलेको छ । भारत र नेपालका व्यापारीलाई सुन बेचेबापत आउने रकम एलेक्समार्फत नै बुझ्ने गरेको भेटिएको छ । उनलाई नेपालमा दावा छिरिङले राजनीतिक, प्रशासनिक र अरू सञ्जालसँग जोडेको अनुसन्धान स्रोतको भनाइ छ ।

अनुसन्धान स्रोतका अनुसार दावा छिरिङले रोल्पाकी अमला रोकालाई विवाह गरेर माओवादी र अरू दलका केही नेतासँग सम्बन्धरसम्पर्क बनाएर तस्करीको सञ्जाल खडा गरेको देखिन्छ । दावाको समूहले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनको परिवारसँग सम्बन्ध बनाएर अपराध फैलाएको पनि देखिएको छ । दावामार्फत नै पछिल्लो सुन तस्करीमा काठमाडौंका विभिन्न ८ स्थानमा सुन पगाल्ने कारखाना र सेल्टर बनाइएको देखिन्छ । यी सबै सेल्टर दावा र उनको सम्पर्कमा रहेका भरिया र सहयोगीबाट व्यवस्थापन गरिएको खुलेको छ । तिब्बती मूलका भारतीय नागरिक छिरिङ थुप्तिन चिनियाँ तस्करका सहयोगी बनेर काम गरेको भेटिएको छ । विदेशबाट सुन ल्याउन ली नेङकाई र दिङ सेङ्फा, अली भनिने ली वेन सुङ र लिन जिक्वाङको भूमिका देखिएको छ ।

यी चिनियाँलाई फुचेङको योजनामा काम गर्ने गरेको देखिएको छ । नेपालमा सुन बोकेर आएकालाई लुकाउने र प्रहरीले निसानामा पार्दा भगाउनेसम्मका काममा दुई चिनियाँ नागरिक मी तियान र योङ वेनले भूमिका खेलेको देखिन्छ । यो दम्पतीले ठमेलमा रेस्टुराँ सञ्चालन गर्दै आएका छन् ।

६१ केजी सुन प्रकरणको अनुसन्धान अघि बढेपछि यो दम्पतीले केही चिनियाँ भगाउन खोजेका थिए । त्यसरी भगाइएका मध्येका ली नेङकाई ललितपुरको धापाखेलस्थित डाउनटाउन अपार्टमेन्टबाट पक्राउ परेका थिए । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.