भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

७७ वटै जिल्ला संक्रमणको चपेटामा स् २४ घन्टामा थपिए ४,८९७ संक्रमित, १७ को मृत्यु


  • बैशाख १६, २०७८
  • 786 Views
७७ वटै जिल्ला संक्रमणको चपेटामा स् २४ घन्टामा थपिए ४,८९७ संक्रमित, १७ को मृत्यु image

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर चार हजार आठ सय ९७ कोरोना संक्रमित देखिएका छन् भने १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १३ हजार आठ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा चार हजार सात सय ७४ जनामा संक्रमण देखिएको छ । त्यस्तै, विभिन्न नाकामा गरिएको नौ सय ५५ एन्टिजेन परीक्षणमा एक सय २३ जनाको पजिटिभ रिपोर्ट आएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार दुई सय नौ पुगेको छ । उनीहरूमध्ये २७ हजार आठ सय ४५ जना होम आइसोलेसनमा र दुई हजार तीन सय ६४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

अहिलेसम्म तीन लाख १२ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ७९ हजार दुई सय ७९ जना निको भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या तीन हजार दुई सय ११ पुगेको छ ।बुधबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै दुई हजार ४७ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा एक हजार चार सय ६४, ललितपुरमा तीन सय ५१ र भक्तपुरमा दुई सय ३२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, रुपन्देहीमा चार सय ३४ र बाँकेमा तीन सय २८ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घन्टामा सात सय ७३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ वटै जिल्ला संक्रमणको चपेटामा परेका छन् । एकदेखि दुई सयसम्म संक्रमित रहेका ११ जिल्ला छन् । त्यस्तै, दुईदेखि चार सय संक्रमित भएका नौ जिल्ला छन् । बाँकी जिल्लामा संक्रमितको संख्या चार सय नाघेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । काठमाडौं उपत्यकाबाहेक मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलालीमा धेरै संक्रमण देखिएको छ । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.