भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य


  • पुष २८, २०७९
  • 261 Views
७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य image

काठमाडौं । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा काउन्टरसँग समन्वय गरी सेवाग्राही एवं करदातालाई सहजरूपमा कर बुझाउने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागले करदाता एवं सेवाग्राहीलाई पुस मसान्तभित्र बुझाइसक्नुपर्ने आयकर तिर्न कुनै समस्या नहोस् भन्ने उद्देश्यले राजस्व उठाउँदै आएका विभिन्न बैंकका शाखा एवं काउन्टर आगामी शनिबार बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । पुस महिना आयकर शीर्षकमा मात्रै ७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको विभागले जनाएको छ ।

आयकर तिर्ने अन्तिम दिन शनिबार पनि राजस्व संकलन हुने

मैनालीले आगामी ३० पुसको दिन शनिबार सार्वजनिक बिदा परेकाले सो दिन पनि राजस्व संकलनमा कुनै प्रभाव नहुनेगरी राजस्व संकलन गर्दै आएका सबै बैंकका शाखा एवं काउन्टर खुला रहने जानकारी दिए । विभागका महानिर्देशक मैनालीले हाल मुलुकभर राजस्व बुझाउने कुल ८४ वटा बैंक शाखा एवं राजस्व संकलन काउन्टर रहेको बताए ।

विभागका अनुसार पुस महिना आयकरवापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुकतानी गर्नुपर्ने कानुनी व्यावस्था छ । सोही व्यवस्थाअनुसार सेवाग्राही एवं करदातालाई अबको केही दिन पुस मसान्तसम्म जसरी पनि आफ्नो व्यवसायमा गरिएको आयकरवापतको पहिलो किस्ता राजस्व रकम बुझाइसक्नुपर्ने दबाब छ ।

यस्तो दबाबको बेला करदाता एवं सेवाग्राहीलाई सहजरूपमा कर बुझाउने वातावरण बनाउनका लागि आगामी शनिबार पनि राजस्व तिर्ने बैंकका शाखा एवं काउन्टर खुला हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ । अहिले सरकारको राजस्व संकलन अपेक्षाकृतरूपमा हुन सकेको छैन ।

यस्तो अवस्थामा सेवाग्राही एवं सम्बन्धित करदातालाई सहजरूपमा राजस्व बुझाउन सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गर्न यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ । अपेक्षाकृतरूपमा कर उठाउन अनेक प्रयास गर्दासमेत हालसम्म लक्ष्यअुनुरूप राजस्व संकलन गर्न नसकेको सरकारलाई यो महिना अधिकतम राजस्व उठाउनुपर्ने दबाब छ । राजधानी दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.