भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

८१ लाख डोज खोप प्रयोग गर्न बाँकी


  • मंसिर ९, २०७८
  • 442 Views

काठमाडौं । कोभ्याक्स सुविधामार्फत भारतबाट ६० लाख कोभिसिल्ड खोप आउने भएको छ । जसमध्ये २० लाख डोज खोप आगामी २९ नोभेम्बरमा आउनेछ । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले दिएको जानकारीअनुसार हालसम्म दुई करोड ५४ लाख ७० हजार ६ सय ३० डोज विभिन्न प्रकारका खोप नेपाल आइसकेको छ । यसबीचमा एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ डोज खोप प्रयोग भएको छ । पहिलो मात्रा खोप ९२ लाख ८४ हजार तीन सय ३७ र पूर्ण मात्रा ८० लाख ५९ हजार तीन सय दुईजनाले पाएका छन् । अझै ८१ लाख २६ हजार नौ सय ९१ डोज खोप प्रयोग गर्न बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपलाई तीव्रता दिने उद्देश्यले खोपको आपूर्ति बढाउँदै लगेको छ । खोप शाखाका प्रमुख सागर दाहालले विगतमा जस्तो अप्ठेरो परिस्थिति नभएकाले अब उमेर तोकेर खोप नदिने बताए । ‘हिजो खोप पुर्‍याउनै समस्या भएकाले हिसाब नगरी प्रदेश र स्थानीय तहमा पठायौंँ,’ उनले भने, अब पर्याप्त खोप छ, त्यसैले वितरण आवश्यकताका आधारमा मात्रै गर्छौं ।’ स्वास्थ्य सचिव डा।रोशन पोखरेलले खोपको पर्याप्त उपलब्धता भएकाले १८ वर्षदेखि माथिका सबै नागरिकलाई दिइने बताए । विगतमा सरकारले उमेर तोकेर मात्रै खोप सञ्चालन गरेको थियो । धेरै नागरिकले खोप पाएको भन्दै सचिव पोखरेलले अब कसैले पनि खोप पाइँदैन कि भनेर आत्तिनु नपर्ने बताए । नयाँ पत्रिका दैनिकबाट….

 

 


Thali Mobile Pvt.Ltd.