भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

एक वर्षमा साढे ७ खर्ब निक्षेप संकलन, कर्जा पौने ३ खर्ब


  • भाद्र ४, २०८१
  • 230 Views
एक वर्षमा साढे ७ खर्ब निक्षेप संकलन, कर्जा पौने ३ खर्ब image

काठमाडौँ । गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १३ प्रतिशतले बढेको हो ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाले अपेक्षित रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन् । जसअनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ ।

अघिल्लो वर्षको तुलनामा यो ५।८ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकले ११।५ प्रतिशतले कर्जा प्रवाह विस्तार गर्ने लक्ष्य तय गरेको थियो ।

अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ७५ अर्ब ९४ करोड प्रवाह भएको थियो । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.