भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

अनलाइन भुक्तानी असुरक्षित भएकै हो ?


  • बैशाख ५, २०८२
  • 246 Views
अनलाइन भुक्तानी असुरक्षित भएकै हो ? image

काठमाडौं । कञ्चनपुरको कृष्णनगर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढा ईसेवाबाट एक करोड बढी चोरी गरेको कसुरमा पक्राउ परेका छन्। उनले विभिन्न नम्बरहरूमा फिसिङ लिंक पठाएर, द अर्लट, एटी अलर्टजस्ता माध्यमबाट म्यासेज पठाएर ईसेवा अकाउन्ट ह्याक गरी १ करोड २ लाख रुपैयाँ चोरी गरेको आरोप छ।उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी अंगुर जीसीका अनुसार उनलाई वैशाख २ मा उनलाई कालीमाटीबाट पक्राउ गरिएको हो। उनले ईसेवाको ४३ सय बढी अकाउन्ट ह्याक गरी उक्त रकम चोरी गरेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बुढाले ४३ सय बढी ईसेवा अकाउन्टमा कसरी एक्सेस पाए खोजी भइरहेको प्रवक्ता जीसीले बताए। उनले फिसिङ लिंकमार्फत म्यासेज पठाई ईसेवा ग्राहकलाई तपाईको खाता सस्पेन्ड हुन लाग्याछ, भेरिफाई गर्नका लागि यो लिंक खोल्नुहोस् भनेर चेतावनी दिने गर्थे। उक्त लिंकमार्फत अनधिकृत रूपमा ईसेवामा पहुँच पुर्याएर उक्त अकाउन्टमा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्राइभेट लिमिटेड नामक कम्पनीको खातामा पठाउने गर्थे। उक्त कम्पनी आरोपित बुढाकै नाममा खोलिएको प्रहरीले बताएको छ।

को हुन् राहुल बुढा ?

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतका अनुसार कम्प्युटर इन्जिनियरिङ पढेका राहुल बुढा दिदीसँगै काठमाडौं बसेर पढ्दै थिए। उनका बुवा पहल बुढा भारतमा सुरक्षा गार्ड छन्। उनले भारतमा नै चिनेजानेको समूहलाई काठमाडौंमा रहेका छोरा राहुललाई चिनाजानी गराउँदा राहुल स्क्यामरको फन्दामा परेका हुन्। उनी महिनाको २० हजार तलब पाउने गरी ती भारतीय व्यक्तिहरूसँग जोडिएका थिए।

आफ्नो नामको कागजात दिएर भारतीय नागरिकको लागी कम्पनी पनि खोलेका थिए। सामान्य अवस्थामा देखिने राहुल बुढाले २०८१ चैत ३ मा उक्त कम्पनी दर्ता गरेका थिए। बागमती प्रदेश सरकार मातहतको उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वरमा कम्पनी दर्ता गरेको प्रहरीले कागजात फेला पारेको छ।अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जीसी भन्छन्, ‘राहुलको धन्दामा संलग्न अन्य व्यक्ति पनि भेटिएका छन्।

उनीहरूको खोजी भइरहेको छ।’ यस कार्यमा भारतीय नागरिकको संलग्नता भेटिएको उनले बताए। कम्पनीकै नाममा उनीहरूले ईसेवा अकाउन्टसमेत खोलेर ठगीधन्दा सुरु गरेका हुन्। उक्त अकाउन्टमा दुई जना भारतीय नागरिक र राहुल गरी तीन जनाको एक्सेस रहेको प्रहरीले जानकारी दियो।

उनीहरूले अपरिचित व्यक्तिको नम्बरमा एकै पटक फिसिङ लिंक पठाएर ईसेवा अकाउन्टमा रहेको रकम छोटो समयमा नै चोरी गरेका थिए। उक्त लिंक क्लिक गर्नासाथ ह्याकरले सिधै ईसेवासम्म इक्सेस पु¥याउने गर्छ। ईसेवा अकाउन्टबाट रकम चोरी भएको भन्दै ग्राहकहरूले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा उजुरी गरेका थिए।

अनलाइन भुक्तानीमा असुरक्षित भएकै हो ईसेवा ?

ईसेवा नेपालका ब्रान्ड प्रमुख निशान्त अधिकारी समाचारमा आएजस्तो ४३ सय ईसेवा अकाउन्टबाट चोरी नभएको दाबी गरे। उनी भन्छन्, ‘चोरी भएको भनिएको १ करोड बढी रकममध्ये अन्य एपबाट हुन सक्ने ईसेवाको १४ वटा एपबाट ६७ हजार रकम मात्रै चोरी भएको ईसेवाको सिस्टममा देखिएको छ। अन्य एपबाट भएका चोरी तथा ह्याकलाई पनि ईसेवा अकाउन्ट भनेर भनिएको हुन सक्छ’, अधिकारी भन्छन्, ‘नेपालमा सबैभन्दा बढी ग्राहक भएको डिजिटल भुक्तानीको लागि भरपर्दो एप हो ईसेवा।

दोहोरो सुरक्षा कोडको सिस्टम राखेर यसको सेक्युरिटी सिस्टम कडा बनाएका छौ हामी। तर कतिपय ग्राहकहरूले ईसेवा चलाउने क्रममा सामान्य सुरक्षा पनि अपनाउन नसक्दा पटकपटक ह्याकर तथा स्क्यामरको निशानामा पर्ने गरेका छन्। डिजिटल भुक्तानीको एप चलाउँदा अत्यन्तै सुरक्षित हुन जरुरी छ। नेपालमा १ करोड २० लाख ईसेवाका ग्राहकहरू हुनुहुन्छ। एकै पटक ठूलो मासले एप चलाउँदा कहिलेकाहीँ सफ्टवेयरमा समस्या आउने गरेको हो।

आफ्नो ओटीपी कोड दिएपछि त ईसेवामात्रै हैन कुनै पनि डिजिटल एप सुरक्षित हुँदैनन् नि। सतर्क र सजक हुन जरुरी छ।’अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जीसी भन्छन्, ‘ईसेवा कार्यालयबाटै नै यति अकाउन्ट ह्याक भयो भनेर प्रहरीमा अनुसन्धानका लागि निवेदन आएको छ। प्रहरीमा परेको निवेदनमा पनि ईसेवा अर्लट भन्दै म्यासेज आएको देखाइएको छ। हामीले पाएको सूचनामा ईसेवा अकाउन्टबाटै रकम चोरी भएको उजुरी धेरै छ।’अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.