भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कांग्रेस नेताको बकमफूसे गफ, कहाँबाट पाए संविधान खारेज हुने सूचना ?


  • पुष ६, २०८०
  • 325 Views
कांग्रेस नेताको बकमफूसे गफ, कहाँबाट पाए संविधान खारेज हुने सूचना ? image

काठमाडौं । धर्म निरपेक्षता र प्रदेश संरचनाविरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारी सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेता हुन् ।

उनले आफ्नो दलका सबैजसो मुख्य नेताहरू सहभागी कार्यक्रममा मङ्गलवार अनौठो अभिव्यक्ति दिए । मैले पाएको सूचना यदि गलत छैन भने आगामी चैतभित्रै संविधान खारेज हुन सक्छ।

उनले त्यस्तो अभिव्यक्ति दिएको कांग्रेसको गण्डकी प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा र पदाधिकारीहरूसहित ठूला नेता सहभागी भएका थिए। त्यो सूचना सुनाउनुअघि नेता भण्डारीले अप्रिय स्थिति आउने औँल्याए ।

संविधान कसरी खारेज हुन्छ ?
“तपाईँहरू धेरैलाई थाहा होला, म भन्दै छु । साथीहरू नोट गरेर राख्नुहोस्, आगामी चैत महिनाभित्र जे पनि हुन सक्छ मुलुकमा,” नेता भण्डारीको भनाइ थियो ।

उनको यो अभिव्यक्ति अधिकांशले बकमफूसे गफ भनेका छन् । पछिल्ला दिनमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना लगायतका माग गर्दै बेलाबखत प्रदर्शन हुने गरेका छन् ।

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना माग गर्नेहरूको आकार र प्रभावभन्दा बढी नै चर्चा हुने गरेको कतिपय आलोचकहरू ठान्छन् ।

राष्ट्रपतिदेखि प्रदेश र केन्द्र सरकार तथा संसद्‍मा उनीहरूकै नेतृत्व छ । यस्तो अवस्थामा संविधान कसले खारेज गर्न सक्छ, विदेशी शक्तितर्फ सङ्केत होरु “जसले २०४७ सालको संविधान खारेज गरे, तिनैले खारेज गर्न सक्छन्,” भण्डारीले प्रस्ट खुलाएनन् ।

राष्ट्रपति संविधानका संरक्षक मानिन्छन् । नेता भण्डारीले पाएको सूचना अनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाटै संविधान खारेजीको घोषणा हुन्छ भन्ने हो

कांग्रेसलाई राप्रपाको बाटोमा लग्ने ?
उनको जबाफ थियो, “म त्यो भन्न सक्दिनँ, म त्यो भन्न चाहन्नँ पनि, तर वातावरण त्यो बाटोमा अग्रसर भइरहेको छ र सङ्केतहरू देखिएका छन् ।”

पूर्वमन्त्री भण्डारी सहितका केही नेताहरू कांग्रेसको आगामी महासमिति बैठकमा हिन्दूराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीको विषय उठाउने पक्षमा देखिन्छन् ।

कांग्रेसले त्यो विषय उठाउँदा राप्रपाकै अवस्थामा पुग्न सक्ने जोखिमबारे भण्डारीले भने, “यो नीति कांग्रेस पार्टीले बोक्नु र त्यसैलाई राप्रपाले अङ्गीकार गर्नुमा धेरै ठूलो भिन्नता छ।”

कांग्रेसले ूजनता असन्तुष्ट रहेका मुद्दाको नेतृत्व गर्ने अवसर अरूलाई दिन हुन्नू भन्ने उनको मत छ।

सूचना कति सत्य ?
केही समययता देशका विभिन्न भागमा धार्मिक र जातीय कुराहरू उठिरहेका छन् । केही ठाउँमा उग्रता पनि प्रकट भएको छ।

खासगरी हिन्दू राष्ट्र पुनर्स्थापनाको मुद्दालाई दक्षिणी छिमेकी भारतका धार्मिक संस्था र सङ्गठनले बल पुर्‍याइरहेको विश्वास नेपालमा कतिपयले गर्छन् ।

नेपालमा पनि फरक पार्टी, संस्था वा सङ्गठनमा आबद्ध भए पनि उक्त विचारका पक्षपातीहरूबीच सहकार्य रहेको र उनीहरू एक अर्काप्रति सहानुभूति राख्ने गरेको ठानिन्छ ।

नेता भण्डारीको सूचना पनि त्यही वृत्तभित्रबाट आएको हुन सक्ने एक थरीको अनुमान छ। महामन्त्री गगन थापाले चैत महिनापछि २०८० साल सकिनेभन्दा भण्डारीले सम्भावना औँल्याए जस्तो केही नहुने बताउँदै उनको सूचनालाई महत्त्व दिएनन् ।

त्यसबारे भण्डारीले टिप्पणी गरे, “देशमा षड्यन्त्र हुँदै छ भनेर नेताहरूलाई सचेत गराइदिएको छु, गोप्य षड्यन्त्रको पर्दाफास गरेको छ, यसलाई गलत ढङ्गले बुझ्नेप्रति धेरै टिप्पणी गर्नु छैन।” बीबीसीबाट

 


Thali Mobile Pvt.Ltd.