भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

झुम्लाबाङको फलाम खानी उत्खनन‍्बारे छलफल


  • माघ ४, २०८१
  • 228 Views
झुम्लाबाङको फलाम खानी उत्खनन‍्बारे छलफल image

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा फलाम खानीको प्राविधिक अध्ययन गत वर्ष भएको थियो । खानी तथा भूगर्भ विभागका अनुसार झुम्लाबाङमा भूगर्भ विभागका भूगर्भविद् डा। सनौक भण्डारी र सुजन देवकोटाको नेतृत्वमा गरिएको प्रारम्भिक अध्ययनले झुम्लाबाङमा धौवादीभन्दा ठूलो फलाम खानी रहेको पुष्टि गरेको थियो।

बिहीबार पनि भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ,वडाध्यक्ष प्रशुराम बुढा मगर , अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइली, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पाली, युवा तथा समाजसेवी,बुद्धिजिवीलगायत टिमले झुम्लाबाङका स्थानीय नागरिकसँग फलाम खानीका प्रतिनिधि र सरोकारवाला निकायसँग डीपीआर विषयमा छलफल गरेको छ ।

फलाम खानीको सम्भावित स्रोतका रूपमा चिनिएको यस क्षेत्रको खनिज स्रोतको प्राविधिक अध्ययन गर्न सरकार तथा विभिन्न संस्थाहरूले प्रयास गरेका छन्। प्रारम्भिक अनुसन्धान तथा नमूना परीक्षण काम अगाडि बढाएको खानी विभागका प्रतिनिधिले जानकारी दिएका छन् । झुम्लाबाङमा फलाम खानीको ठूलो सम्भावना रहेको प्रारम्भिक प्रतिवेदनले यश अघिनै देखाएको छ ।अन्नपूर्ण पोस्टबाट

 


Thali Mobile Pvt.Ltd.