भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै


  • चैत्र २८, २०८१
  • 188 Views
दुर्गा प्रसाईंलाई नेपाल ल्याइँदै image

काँकडभिट्टा । राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी नेपाल ल्याइँदै छ ।प्रसाईंलाई अबको आधा घन्टामा मेची पुल ल्याइने जानकारी आएको उनका दाइ लक्ष्मी प्रसाईंले बताए । मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका छन् ।

१५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको अधिकारीहरूले बताएका छन् ।उत्पात मच्याएर भागेका प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए ।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए । त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुर्‍याएका थिए ।

घटनामा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो भने १२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन् ।प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।कान्तिपुरबाट

 


Thali Mobile Pvt.Ltd.