भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

जनकपुर अस्पतालमा नर्सको चरम अभाव


  • बैशाख ५, २०८२
  • 284 Views
जनकपुर अस्पतालमा नर्सको चरम अभाव image

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढदो छ। तर, स्टाफ नर्सको चरम अभाव छ। बिरामीको हेरचाहमा सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने नर्स नहुँदा सेवाग्राही मर्कामा छन्।

निकै पुरानो र चर्चित स्वास्थ्य संस्थाको रूपमा स्थापित जनकपुर प्रादेशिक अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ३ सयको हाराहारीमा बिरामीहरू स्वास्थ्य सेवा लिन आउने गर्छन्। चिकित्सकले उपचारमा निर्णायकको भूमिका निर्वाह गरे पनि प्रारम्भिक स्याहारदेखि लिएर निरन्तर रेखदेखमा खटनुपर्ने स्टाफ नर्स भने निकै कम छन।

स्टाफ नर्सको अभावका कारण बिरामीहरूको स्याहारसुसारमा समस्या भइरहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। रामनारायण पण्डित बताउँछन्। ‘आवश्यकताअनुसार स्टाफ नर्स भर्नाका लागि केही महिनाअगाडि आवेदनसमेत माग गरेका थियौं,’ पण्डितले भने, ‘तर, विभिन्न कारणले गर्दा भर्ना प्रक्रिया रोक्नुपर्यो र अहिले नर्सको अभावले गर्दा नियमित स्याहारका कार्य प्रभावित हुन थालेका छन्।’

प्रदेश सरकारले अनावश्यक हस्तक्षेप गर्न खोज्दा नर्सको भर्ना रोकिएको स्रोतले बतायो।सरकार, विकास समिति र प्रतिष्ठानको तर्फबाट ३ सय ४२ शय्याको प्रादेशिक अस्पतालमा हाल चिकित्सक र अन्य गरी पाँच सय कर्मचारी कार्यरत छन्। अस्पताल सञ्चालन मापदण्डअनुसारले पनि यो संख्या निकै कम हो।

स्टाफ नर्स १ सय २० जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ। ‘बिरामीको चाप हेर्दा सबैभन्दा बढी आवश्यकता नर्सकै छ,’ पण्डित भन्छन्, ‘तत्काल ५० जना जति थप नर्स भर्ना गरियो भने सेवाहरू सहजै सञ्चालन गर्न सकिन्थ्यो। तर, नर्स नथपिँदा प्यासेन्ट केयरमा गाह्रो भएको छ।’

तीन सय शय्याको अस्पताल सञ्चालन गर्नका लागि ७ सय ५० जना कर्मचारी आवश्यक रहे पनि कर्मचारी अभावमै जेनतेन काम चलाइएको छ। नर्स भर्नाका लागि प्रतिष्ठानबाट पदपूर्ति प्रक्रिया अघि बढाउन खोजिएपछि मधेस प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट आफ्ना मान्छेहरूलाई नर्समा भर्ना गर्नुपर्ने र पदपूर्ति प्रक्रियामै हस्तक्षेप गर्ने प्रवृत्तिका कारण भर्ना प्रक्रिया रोकिएको नाम खुलाउन नचाएका एक कर्मचारीले बताए।

सरकारबाट एक सय शय्याको अस्पताल सञ्चालन गर्ने स्वीकृति पाएको प्रादेशिक अस्पतालमा सरकारी कर्मचारी १ सय ४० जनाको दरबन्दी छ। जसमध्ये ९० जनाको पदपूर्ति भएको छ भने ५० वटा दरबन्दी रिक्त छ। त्यसैगरी प्रादेशिक संरचनामा जानुपूर्व अस्पताल सञ्चालनमा सहजताका लागि गठित अस्पताल विकास समितिबाट एक सय शय्या थप गरिएको थियो।

जसमा विकास समितिका २ सय ५० जना कर्मचारी भर्ना गरिएका छन्। तिनमा चिकित्सकदेखि लिएर अन्य स्वास्थ्य सेवाका कर्मचारीहरू पनि छन् तलब र सुविधाहरू अस्पतालको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरिन्छ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल ल्याइएपछि प्रतिष्ठानले आफ्नो खर्चमा एक सय शय्या थप गरेको हो। जसमा तीन सय कर्मचारीहरूको दरबन्दी थप गरियो। यी कर्मचारीहरूको तलब प्रतिष्ठानले बेहोर्दै आएको छ। हाल तीन सय शय्या राखेर प्रादेशिक अस्पतालबाट सेवा दिने गरिएको छ। अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.