भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

तयार हुँदै छ ग्वार्को फ्लाइओभर


  • असार १२, २०८१
  • 291 Views
तयार हुँदै छ ग्वार्को फ्लाइओभर image

ललितपुर । ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणको काम धमाधम भइरहेको छ । आठ लेन सडकमध्ये चार लेन बन्द गरेर एप्रोच सडक र आइरल वालको काम भइरहेको छ । सडक विभागले असारभित्रै निर्माण सकेर ०८१ भित्रै सवारीसाधन गुडाउने लक्ष्य लिएको छ ।

निर्माण कम्पनी आशिष–समानान्तर–रेगिलर जेभीका अनुसार बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम भइरहेको छ । ग्वार्को चोकमा फ्लाइओभर बनेपछि चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार–ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।

फ्लाइओभर १७ करोड ६ लाख लागतमा निर्माण भइरहेको छ । दुई वर्षभित्र फ्लाइओभर बनाउन १२ फागुन ०७८ मा सम्झौता भएको थियो । तर, पछि डिजाइनमा त्रुटि पाइएपछि १० भदौ ०८० मा संशोधन गरियो । जसकारण आयोजनाको काम एक वर्ष धकेलियो । ०८१ फागुनसम्म निर्माण सक्नुपर्ने सम्झौता छ । नयाँ पत्रिका दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.