भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए


  • जेष्ठ ६, २०८१
  • 255 Views
प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए image

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे हत्याको प्रारम्भिक अनुसन्धान थालिएको छ । लागूऔषध सेवनकर्तासँग विवाद भएपछि उनको हत्या भएको अनुमान प्रहरीको छ । तारकेश्वर नगरपालिका—९, मनमैजुमा घिमिरेको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गएको शुक्रबार घिमिरे एक निर्माणाधीन घरको भुइँमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । जुन क्षेत्र लागूऔषध सेवनकर्ताहरुको अखडाका रुमा रहेको स्थानीयले बताए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने, ‘उनी मोटरसाइकलमा त्यहाँसम्म गएको देखिन्छ, त्यसपछि समूहले उनको हत्या गरेको देखिएको छ ।’ इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले बयानपछि ६ जनाको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । खोटाङ घर भएका घिमिरे हाल सामाखुशी बस्दै आएका थिए । प्रहरीले यसबारे आज पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.