भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

उत्तरी गोरखामा भारी हिमपात


  • माघ १८, २०८०
  • 413 Views
उत्तरी गोरखामा भारी हिमपात image

गोरखा । उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि सामान्य हिउँ पर्न थालेको र गए रातिदेखि भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको छ। ‘अझै निरन्तर हिउँ परिरहेको छ।

मान्छेहरु घरभित्रको भित्रै छन्’, उनले भने, ‘पानी जमिसकेको छ। टेलिफोनको नेटवर्क घरी जाने, घरी आउने गरिरहेको छ। विद्युत सेवा रातभरि पनि थियो। अहिलेसम्म त छ, तर पानी जमेपछि लघु जलविद्युत पनि पक्कै प्रभावित होला।’ उनका अनुसार यो हिमपात यो वर्षको अहिलेसम्मको ठूलो हिमपात हो।

राम्ररी हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी रहेको उनको भनाइ छ। यतिबेला जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न सहरतिर झरेका स्थानीय बासिन्दाहरु गाउँ फर्कन थालेका छन्। हिमपातले उनीहरु पनि प्रभावित भएका छन्।

उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ। हिमपातका कारण ती क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.