भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

असनका तुलाधरको खड्गजात्रा


  • कार्तिक ९, २०८०
  • 296 Views
असनका तुलाधरको खड्गजात्रा image

काठमाडौं । असन आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका–२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनाका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताउनुभयो । स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् । विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ ।

समाचार पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.