भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

किसानलाई आत्मनिर्भर बनाउन गाउँपालिकाको सक्रियता


  • पुष ११, २०८०
  • 338 Views
किसानलाई आत्मनिर्भर बनाउन गाउँपालिकाको सक्रियता image

काठमाडाैं । विराटनगर स् सधैं धान र गहुँ खेती गर्दै आएका मोरङको कटहरी गाउँपालिकाले किसानलाई नगदेखेतीमा आकर्षण गर्न आर्थिक सहयोग गर्ने नीति बनाएको छ। स्थानीय किसानलाई आर्थिक सहयोग गर्ने नीति बनाएर गाउँपालिकाले नगदे बाली खेतीमा प्रोत्साहन गरेको हो। 

परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै नगदे बालीको रुपमा रहेको तोरी र तुलसी खेतीमा आर्थिक सहयोग गर्न विभिन्न नीति तथा कार्यक्रम बनाएर किसान मैत्री योजना ल्याएको कटहरी गाउँपालिकाको अध्यक्ष देवराज चौधरीले बताए। कटहरीका किसानले विगत २ वर्षदेखि तोरी पकेट क्षेत्रमा आफ्नै खेतमा तोरी उत्पादन गरी तेल किन्नु नपर्ने र आर्थिक उपार्जन गर्ने वातावरण सृजना भएको अध्यक्षको भनाइ छ। चौधरी कृषि समुह मार्फत १५ बिगहा क्षेत्रफलमा सामुहिक तोरी पकेट क्षेत्र कार्यक्रम संचालन गरिएको छ।

परम्परागत खेती गरेर किसानको आर्थिक अवस्थामा परिवर्तन नआएकाले आर्थिक सहयोगको नीति गाउँपालिकाले बनाएको हो। पालिकाले पहिलो पटक तुलसी खेतीमा आर्थिक सहयोग गर्न लागेको हो। किसानले लगाएको खेतीमा कुनै समस्या आएमा कटहरी गाउँपालिकाले २ जना कृषि प्राविधिकको व्यवस्था गरेको छ। कृषि प्राविधिकहरु किसानको समस्या बुझ्न नियमित रुपमा खेत(खेतमा जाने अध्यक्ष चौधरीको भनाइ छ।

कटहरी गाउँपालिकाका कृषि अधिकृत ईश्वर चन्द साहले आर्थिक सहयोगको नीति गाउँपालिकाले ल्याएपछि किसान दैनिक रुपमा आफ्ना समस्या र समाधानको लागि चासो लिएर आउने गरेको बताए। २ वर्षदेखि कटहरी १ को महेशपुरमा चौधरी कृषि समुहमार्फत तोरी पकेट क्षेत्र कार्यक्रम सञ्चालनमा छ। गाउँपालिकाका मार्फत १२ लाखको अनुदानमा १५ बिगहामा तोरी खेती हुँदै आएको छ। चौधरी कृषि समुहका अध्यक्ष हरि नारायण माझीले तोरी पटेक क्षेत्रमा गाउँपालिकामार्फत हुने गरेको सहयोगले किसानको आर्थिक अवस्थामा सुधार आएको बताए।

एक बिगहा जग्गामा करिब ३० मन तोरी उत्पादन भइरहेको छ। अन्य खेतीमा भन्दा तोरी खेतीमा पालिकाले पनि सहयोग गर्ने र नगद पैसा आउने भएकाले किसाान त्यसतर्फ अग्रसर भएको चौधरी कृषि समुहका सचिव बाबुराम चौधरीले बताए।

गाउँपालिकाले किसानका लागि ३ हजार प्रति कठ्ठाका दरले अनुदान दिएर तुलसी खेती गर्न किसानलाई आकर्षित गर्दै योजना अघि सारेको छ। कटहरीको वडा नं।५ मा रहेको आर्युवेदिक औषधी उत्पादन गर्ने उद्योगसँगको समन्वय र सहकार्यमा किसानले उत्पादन गरेका तुलसीलाई बिक्री गर्ने व्यवस्थासमेत गाउँपलिकाले गरिदिएको छ।

तुलसीको जरैदेखि पातसम्म प्रति केजी १ सय १० रुपैयाँमा बिक्रीको गयारेन्टी गरेका छन्।

अन्नपूर्णपाेष्ट दैनिकबाट…

 

 


Thali Mobile Pvt.Ltd.