भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै


  • माघ ७, २०८१
  • 238 Views
नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै image

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेल दिउँसो १२:१५ बजे स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपाल माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।

क्यानले पूजा महतोको कप्तानीमा यु-१९ महिला टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको हो। स्कटल्याण्डको कप्तानमा नियाम मुइर छिन्। स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ ।स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो। नेपालले समूह चरणको अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ। अन्नपूर्ण पोस्टबाट

 


Thali Mobile Pvt.Ltd.