काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेल दिउँसो १२:१५ बजे स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। नेपाल माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
क्यानले पूजा महतोको कप्तानीमा यु-१९ महिला टी-२० विश्वकप खेल्ने नेपाली टिम घोषणा गरेको हो। स्कटल्याण्डको कप्तानमा नियाम मुइर छिन्। स्कटल्याण्डलाई हराए नेपाल सुपर सिक्समा पुग्न बलियो सम्भावना रहनेछ ।स्कटल्याण्ड पनि पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो। नेपालले समूह चरणको अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ। अन्नपूर्ण पोस्टबाट